राजा महाराजाको नक्कल गर्ने केपी ओलीले हारिसके : प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले उहिलेका राजामहाजाको जस्तो नक्कल गरिरहेको टिप्पणी गरेका छन् ।

तर ओलीले प्रतिगमनको बाटो पक्रिसकेको भन्दै प्रचण्डले उनले हारिसकेको बताए । 

‘हामी संविधान मिचिएको कुरा, लोकतन्त्रमाथि प्रहार भएको कुराविरुद्ध आन्दोलनमा छौं । उहाँले पञ्चल्यालीहरु जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिलाका राजामहाराले जे गर्थे त्यही गर्नु भएको छ ।

त्यसको केही अर्थ र महत्व छैन’, प्रचण्डले भने, ‘मैले सुरुदेखि नै भनेको छु, जतिबेला उहाँले प्रतिगमनको बाटो पक्रिनु भयो । जतिबेला प्रतिक्रान्तिको बाटो पक्रिनु भयो उहाँले हारिसक्नु भएको छ ।’
गृहजिल्ला सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको पनि आरोप लगाए । 

प्रचण्डले ओलीले मत र व्यवहारमा दुबैमा हारिसकेको दावी गर्दै अगाडि भने, ‘ चुनाव हुँदैन, चुनाव हुनका लागि गरिएको प्रतिगमन नै होइन ।’
ओलीले नेपाली जनताले प्राप्त गरेको उपलब्धि धरापमा पारेको भन्दै प्रचण्डले सबै जनता र बुद्धिजिवि मिलेर ओलीलाई परास्त गर्नुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button