शान्ति सम्झौतालाई सफल पार्न हामीले खेलेको भूमिका युगान्तकारी छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने ख’तरा बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

जनयु’द्धमा शहीद, ज्या’न गु’माएका, बे’पत्ता परिवार तथा घाइते यो’द्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै ध’रापमा पर्ने खतरा बढ्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयु’द्ध र जनआन्दोलनका सबै यो’द्धाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको थियो, त्यो पूरा हुन सकेन, तर आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदान नै हो ।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाँसँगै सेना समायोजन संविधान निर्माणलगायतका उपलब्धिलाई सामान्यरूपमा नलिनसमेत आग्रह गर्नुभयो ।

उहाँले थारू समुदायले जनयु’द्ध, जनआन्दोलन र मुलुक निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै जनयु’द्ध दिवसको सन्दर्भमा पार्टीले शहीद र शहीद परिवारलाई सम्मान गर्नेसमेत जानकारी दिनुभयो ।

बारबर्दिया नगरपालिका बर्दियाका प्रमुख दुर्गाबहादुर थारूले अहिलेसम्म सबैभन्दा बढी नागरिक बे’पत्ता पारिएको बर्दिया जिल्ला र जनयु’द्धका शहीदहरुलाई राज्यले सम्मान बेवास्ता गरेको बताउनुभयो ।

बे’पत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा विसं २०५२ फागुन १ देखि विसं २०६२ सम्म सञ्चालित जनयु’द्धकालमा सबैभन्दा बढी बे’पत्ता पारिएको जिल्ला बर्दिया हो ।

तत्कालीन समयमा दुई हजार ५०० बढी व्यक्ति बे’पत्ता पारिएको पहिचान गरिएको छ । बर्दिया जिल्लामा मात्रै २५० नागरिक बे’पत्ता बनाइएको छ ।

बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको आज सार्वजनिक गरिएको जीवनगाथामा ५८० शहीद, ज्या’न गु’माएका, बे’पत्ता पारिएका तथा घाइते व्यक्तिको जीवनी समेटिएको छ ।

यसमा ३२८ शहीद तथा मा’रि’एका व्यक्ति, २५० बे’पत्ता पारिएका व्यक्ति र १०२ घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुको जीवनी समेटिएको छ ।

अधिकारकर्मी तथा लेखक सुशील चौधरी, प्रभुराम थारू र मानबहादुर चौधरीले सम्पादन गर्नुभएको सो पुस्तकमा समावेश व्यक्तिहरुको बाल्यकाल, युवाकाल, राजनीतिक अवस्था, घटना विवरण र आर्थिक तथा सामाजिक परिवेशलाई समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button