माघ २८ गतेको जनप्रदर्शनमा सहभागी हुन प्रचण्ड–नेपालको अपील
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले माघ २८ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भिडियोमार्फत् प्रदर्शनमा सहभागी हुन अपील गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते राजधानीमा विशाल प्रदर्शन गर्न लागेको हो ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भए पनि प्रचण्ड–नेपाल समूहले आन्दोलन चर्काइरहेको छ ।
प्रधानमन्त्री ओली समूहले भने माघ २३ गते नारायणहिटी दरबार अगाडि सभा गरेर निर्वाचनमा जुट्न आह्वान गरेको थियो ।
पार्टीको दुई समूहले आआफ्नो पक्षका प्रदर्शन र सभालाई निरन्तरता दिएका हुन् ।