प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसदले थाले नाराबाजी

नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठकमा नाराबाजी सुरु गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताउने बित्तिकै उनीहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी थालेका हुन् ।

गत शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरेपनि आजको बैठकमा भने संयमित हुने भएका छन् ।

प्रतिनिधिसभा बैठक अघि बसेको एमाले संसदीय दलको बैठकमा सो दलका संसदीय दलका नेता केपी शर्माओलीले बैठकमा संयमित हुन निर्देशन दिएका थिए ।

उनले निश्चित र मर्यादित नारा लगाउन मात्र निर्देशन दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button