![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2021/01/kp-oli-1522920753.jpg?resize=780%2C470&ssl=1)
चाहेर पनि मलाई कसैले हटाउन सकेनन्, स्थिरता यही हो : प्रधानमन्त्री ओली
१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् ।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/skm_97x90.jpg?w=708&ssl=1)
उनले चुनाव हुनु अस्थिरता नभएको बताए ।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/tobacco-online-add.gif?w=708&ssl=1)
‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा जब देशका शक्तिहरु गोटी बन्न थाल्छन्, राष्ट्रिय राजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन्, विकासका काममा व्यवधान गर्न थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिन थाल्छन् ।’
उनले अघि भने, ‘अहिले स्थिरताको स्थिति हो, कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेन ।’
आफूले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको उनको आरोप छ । ‘त्यसमा प्रायोजित सञ्चार माध्यम प्रयोग भएका छन्, बुद्धिजिवीहरुको एउटा झुण्ड पनि लागेको छ,’ उनले भने, ‘संसद विघटनबाट अस्थिरता सृजना गर्ने प्रयास रोकिएको छ ।
संसद विघटनलाई असंवैधानिक र गैरजिम्मेवारपूर्ण कदम भनेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखे । आफूले जिम्मेवारीबोधका साथ प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले भने, ‘लोकतन्त्र ल्याउन जनताले जति बलिदान गरेका छन्, त्यसको हिसाब गरेर पदलोलुप मान्छेहरुलाई हावी हुन दिएर लोकतन्त्रलाई डिरेल गर्न दिन हुँदैन भनेर प्रतिनिधिसभा विघटन गरेको हुँ ।’
आफूले कुनै गल्ती गरेको भए जनताले दण्डित गर्ने भन्दै उनले निर्वाचनमा जान आग्रह गरे ।