
बालुवाटारवाट आएन निम्ता, एकाविहानै किन भड्किए बाबुराम भट्टराई ?
काठमाडौ । सरकार गठन भएको दुई महिना तिर लाग्दा पनि प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रीपरिषद्लाई पुर्णता दिन सकेका छैनन् ।

एमालेवाट विद्रोह गरेका माधव नेपाललाई कुरेर उनले मन्त्रीपरिषद् विस्तारमा ढिलाई गरेका हुन् । तर सरकारमा जान खुट्टा उचालिसकेको जसपालाई भने देउवाले कुनै भाउ दिएका छैनन् ।

सोमवार बिहानै बालुवाटारमा मन्त्रीपरिषद्लाई पुर्णता दिन देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ पार्टी निर्माण गरेका माधवकुमार नेपाललाई बोलाए ।
उनीहरुबीच बालुवाटारमा बैठक चल्दै गर्दा सामाजिक सञ्जालमा आफ्नै पार्टी संलग्न गठबन्धनको वर्तमान सरकारप्रति जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भने आ क्रो श पोखे ।
नेकपा एमालेबाट अलग्गिएर माधव नेपालको नेतृत्वमा गठन गरिएको नेकपा (एकीकृत समाजवादी) लाई समेत समेटेर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला गठबन्धनमा आबद्ध जसपाका नेता भट्टराईको टिप्पणीलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
सोमबार बिहानै सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईले राजा गए पनि, ओली गए पनि कुर्सीको खेल भने जारी रहेको टिप्पणी गरेका हुन्।
साथै उनले वैकल्पिक शक्तिको खोजी जारी रहेको उद्घोष पनि गरेका छन्।
‘ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ। भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ। कमिसनखोरको खेलो जारी छ। छिमेकीको हैकम जारी छ। जयसिंह धामीको बेपत्ता जारी छ। छाउपडी जारी छ। छोइछिटो जारी छ।
मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ। श्रमिकको चुलो खाली छ,’ उनले लेखेका छन्, ‘अतः वैकल्पिक शक्तिको खोजी जारी छ।’
‘कुर्सीको खेल जारी’ भनेर उनले सरकारभित्रका गतिविधिप्रति असहमति जाहेर गरेको अनुमान गर्न सकिन्छ।
मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार साँझ दोस्रोपटक भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा भएको छलफलमा तीन नेताबीच सरकारलाई पूर्णता दिनेबारे छलफल भएको स्रोतले जनाएको छ।
सोहीअनुरूप प्रधानमन्त्री देउवाले आज साँझसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेको स्रोतको दाबी छ।
बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच के भयो सहमति ?
सरकार विस्तार एवम् पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा सरकार विस्तार र गठबन्धनलाई थप मजबुत बनाउने विषयमा शीर्षस्थ नेताहरूबीच छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
आज साँझको छलफलका आधारमा सोमबार बिहान गठबन्धनको बैठक बोलाइएको छ। सो बैठकमा सरकार विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ।
आज बिहान पनि उनीहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
नेकपा (एकीकृत समाजवादी) को आज बसेको संसदीय दलको बैठकले मन्त्री चयनका बारेमा निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मा दिएको छ ।
यस्तै, जनता समाजवादी पार्टीले पनि सरकारमा जाने विषयमा आवश्यक छलफल गरी निर्णय गरिसकेको छ
गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिनुभएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन्।
गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको छ।



