……त्यो त केपीको ध’न्दा रहेछ !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूलाई ठगेको टिप्पणी गरेका छन् ।

वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई शनिवार काठमाडौंमा सम्बोधन गदै अध्यक्ष प्रचण्डले ओलीको ठगीधन्दाबारे चाल नपाउँदा तमसुक हेरेर बस्नु परेको बताए ।

प्रचण्डले भने : हामी त जे बोल्यो त्यही गर्ने मान्छे । केपी ओली प्रवृति भनेको जे बोल्ने त्यो नगर्ने रहेछ । उनको ठगिधन्दाबारे थाहा पाइएन ।

तमसुकमा सही गरेपछि तमसुक हेरेर बसियो तर उनले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे ।

आफूलाई हालैमात्र सत्तारुढ गठबन्धनको बैठकमा पनि केही नेताले केपी ओलीसँग एकता गरेर के पाउनुभयो रु भन्ने प्रश्न गरेको सुनाउँदै प्रचण्डले आफूले ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेको बताए ।

केपी ओलीमा भन्ने एउटा गर्ने अर्कै प्रवृत्ति छ, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ रे ।

भ्रष्टाचार गर्ने मान्छेलाई देख्न पनि चाहन्नँ भन्ने भाषामात्रै रहेछ’, उनले भने-‘ र’क्सी अर्कै छ, लेबल त्यो राख्ने भन्ने रहेछ उहाँको बानी त ।’

पार्टी एकता ओलीले प्रधानमन्त्री बन्नका लागि ठगी ध ‘न्दा मात्रै चलाएको पुष्टि भएको प्रचण्डले आरोप लगाए ।

‘कतिपय साथीले एकता गर्नु नै बेकार रहेछ पनि भन्नुहुन्छ, तर एकता गर्नुपर्थ्यो’, प्रचण्डले भने, ‘विधान र राजनीतिक प्रतिवेदनमा अहिलेको राजनीतिक परिवर्तनमा माओवादी आन्दोलनलाई निर्णायक भूमिका खेल्यो भन्नेमा केपीले सही गरेका छन् ।

अध्यक्ष र प्रम पालोपालो बन्ने भन्नेमा सही गरेको छ ।

तर प्रम प्राप्त गर्नका लागि केपीको सबै ठगी ध ‘न्दा रहेछ ।’

‘हामी पनि अरु राजनीतिक दलजस्तै हो भने किन अलग्गै पार्टी हुनपरो, त्यहीँ गएर बसे भयो नि,’ उनले भने।

त्यसकारण जनतालाई झुठ नबोल्ने, नठग्ने, मुखले एकथरी र व्यवहारले उल्टो गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए। उनले आफूहरू सिधा सिधा बुझ्ने भन्दै खासगरी एमाले केपी ओली प्रवृत्ति पछिल्लोपटक सहनुपरेको उनले बताए।

पाँच राजनीतिक दलीय गठबन्धनको मिटिङमा अरू राजनीतिक दलका नेताले आफूलाई ओलीसँग सहकार्य गरेर के पाउनुभो भनी सोध्ने गरेको बताए। ‘मैले ज्ञान प्राप्त गरेर आएँ भने। त्यो ज्ञान कांग्रेसलाई र माधवजीलाई पनि काम लाग्छ। ज्ञान चाहिँ प्राप्त भयो,’ उनले भने।

तर, आफूहरू घिउभन्दा नरम कोमल पनि र साह्रै अत्यचार भएपछि विद्रोह गर्ने कठोर पनि रहेको उनले बताए। ‘बेइमानी, जालझेल छलकपड लाई हामीले नै विद्रोह गर्‍यौं। परास्त कसले गर्‍यो त? वादशाहलाई घोडाबाट ढालियो नि,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button