जसले कमलरीवाट सांसद बनायो, उसैको आलोचना गरेको भन्दै टिप्पणी गर्नेलाई सांसद शान्ताको जवाफ, ‘हो, म कमलरी थिएँ, तर नेता नेपालको पछि लाग्न सकिनँ’

काठमाडौ । नेकपा एमालेकी सांसद शान्ता चौधरी कुनै बेला कमलरी थिइन् । उनलाई राजनीतिमा ल्याउने नेता माधवकुमार नेपाल हुन् । नेपालले नै राजनीतिमा आउने वातावरण दिएका कारण उनी अहिले सांसद बनेकी छन् ।

उनै नेपाललाई आलोचना गर्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेका कारण उनको आलोचना भएको छ ।

तर उनले आफु पार्टी तहस नहस पार्ने नेताको पछि लाग्न नसक्ने बताएकी छन् ।

आफूलाई एमालेमा प्रवेश गराउने नेता नेपालकै विरोधमा उत्रिएको भन्दै आलोचना भइरहँदा सांसद चौधरीले नेता नेपाल पार्टी विभाजनका लागेका कारण उनको पछि लाग्न नसक्ने बताएकी हुन् ।

‘उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्ना बारेमा आएका टिप्पणीको जवाफ दिएकी छन् । उहाँ (नेता नेपाल) आफैले आफ्नै पार्टीको सरकार गिराउनुभयो , आफैले निर्माण गरेको पार्टी चोइट्याउनुभयो, सारा नेपाली जनताको भावना विपरित पार्टिलाई तहसनहस पार्दै हुनुहुन्छ,’ सांसद चौधरीले समाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अब म के गरौँ ?

जसले कमलरीवाट सांसद बनायो, उसैको आलोचना गरेको भन्दै टिप्पणी गर्नेलाई सांसद शान्ताको जवाफ, हो, म कमलरी थिएँ, तर नेता नेपालको पछि लाग्न सकिनँजसले कमलरीवाट सांसद बनायो, उसैको आलोचना गरेको भन्दै टिप्पणी गर्नेलाई सांसद शान्ताको जवाफ, हो, म कमलरी थिएँ, तर नेता नेपालको पछि लाग्न सकिनँ

लाखौ कार्यकर्ताको मनमा चो ट पुग्ने गरी कसैका पदको पछि दगुरौँ रु यदि देशलाई स्थिरता दिने हो र कम्युनिस्ट आन्दोलन समाजवादउन्मुख बनाउने हो भने यस्ता कार्यको मैले विरोध गर्नै पर्छ। मैले त्यही गरेँ र अझै पनि गरिरहने छु।’

१८ वर्ष लामो समय कमलरी जीवन बिताएकी उनलाई नेता नेपालले एमालेमा प्रवेश गराएका थिए । उनले फेसवुकमा लेखेकी छन्, ‘म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ।

यसबारे मैले धेरै बताइरहनु पर्दैन। तर म बिगतमा जति अपमानित भएँ , हेपिएँ सायद मुक्त भएपछि कहिल्यै अपमानित हुनु पर्दैन, यही सोच्ने गर्थे,’ ‘तर आज पनि मैले बोल्नेबित्तिकै तँ कमलरी होस नबोल्, मैले लेख्नेबित्तिकै तँ कमलरी होस् नलेख् भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ ।’

बिमला वली र शाहीलाई पदमुक्त गर्न मिल्दैन’ भन्दै पठायो एमालेलाई संसद सचिवालयले जवाफ, के छ पत्रमा ?

विभाजनका कारण नेकपा एमाले निकै अप्ठेरोमा परेको छ । सबै पक्षवाट समस्यामा परेको एमालेलाई लुम्बिनी प्रदेशले पनि निरास बनाएको छ ।

आफ्नो पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै लुम्बिनी प्रदेश सभामा एमालेले आन्दोलन जारी राखेकै बेला सचिवालयले जवाफ पठाएको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले लुम्बिनीका दुई सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने व्यहोराको पत्र नेकपा एमाले संसदीय दलको कार्यालयलाई पठाएको छ ।

सुर्य चिन्हवाट चुनाव जितेर पार्टी फेरेका दुई सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको माग थियो । उनीहरुले विगत तीन दिन देखि संसद अवरुद्ध गर्दै आएका छन् ।

एमालेले सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका दुवै सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर पत्र दिएपछि संसद सचिवालयले जवाफ पठाएको हो । कानुनअनुसार अध्ययन गरेर नै संसद् सचिवालले पत्र पठाएको छु प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने । तर उनीहरुलाई पदमुक्त गर्न नपर्ने ब्यवहोराको पत्र एमालेलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button