‘बिमला वली र शाहीलाई पदमुक्त गर्न मिल्दैन’ भन्दै पठायो एमालेलाई संसद सचिवालयले जवाफ, के छ पत्रमा ?

काठमाडौ । विभाजनका कारण नेकपा एमाले निकै अप्ठेरोमा परेको छ । सबै पक्षवाट समस्यामा परेको एमालेलाई लुम्बिनी प्रदेशले पनि निरास बनाएको छ ।

आफ्नो पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै लुम्बिनी प्रदेश सभामा एमालेले आन्दोलन जारी राखेकै बेला सचिवालयले जवाफ पठाएको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले लुम्बिनीका दुई सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने व्यहोराको पत्र नेकपा एमाले संसदीय दलको कार्यालयलाई पठाएको छ ।

सुर्य चिन्हवाट चुनाव जितेर पार्टी फेरेका दुई सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको माग थियो । उनीहरुले विगत तीन दिन देखि संसद अवरुद्ध गर्दै आएका छन् ।

एमालेले सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका दुवै सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर पत्र दिएपछि संसद सचिवालयले जवाफ पठाएको हो ।

कानुनअनुसार अध्ययन गरेर नै संसद् सचिवालले पत्र पठाएको छु प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने । तर उनीहरुलाई पदमुक्त गर्न नपर्ने ब्यवहोराको पत्र एमालेलाई दिएको छ ।

अन्ततः पछाडी हटे माधव नेपाल !

नेकपा एमालेबाट विभाजित भइ नयाँ दल खोलेका माधवकुमार नेपालले निर्वाचन आयोगसमक्ष दल दर्ताका लागि नयाँ नामसहितको निवेदन दिएका छन् ।

बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झु’ण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए ।

नेता राजेन्द्र पाण्डेले नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गरएका छन् ।

पाण्डेले नयाँ नाम नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको जानकारी दिए । चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ। ‘आयोगले दर्ता प्रमाण पत्र दिँदा चिन्हको टुंगो लाग्छ,’ उनले भने ।

निर्वाचन आयोगले यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन मौखिक आग्रह गरेका थियो ।

नेपाल पक्षले यसअघि आयोगमा नेकपा (एमाले-समाजवादी) र चिन्ह खुला किताव प्रस्ताव गरेको थियो ।

एमाले-समाजवादी एमालेसँग मिल्दोजुल्दो भएको र खुल्ला किताब अर्कै पार्टीको रहेको भन्दै आयोगले नयाँ नाम र चिन्हसहित आउन भनेको हो । योसँगै नेपालले एमालेको ब्राण्ड छाडेका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिंदा नाम पनि फेरिएको छ ।

नेकपा एकीकृत समाजवादी नाम प्रस्ताव गरिएको छ भने ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११५ पुर्‍याइएको छ । चुनाव चिन्ह भने तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button