माधव समुहले टुंगो लगायो पार्टीको नयाँ नाम, सुर्य चिन्ह कुनै हालतमा नछोड्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताको सबै पकृया पुरा गरिसकेको सो पार्टीका नेताहरुले बताएका छन् । पार्टीको नाममा विभिन्न विकल्पमा कुरा भइरहेको छ ।

तर नेकपा एमाले (समाजवादी) मा टुंगो लागेको सो समुहका नेता मेटमणी चौधरीले बताएका छन् ।

माधव नेपाल समुहले पनि चुनाव चिन्ह सुर्यलाई नछोड्ने भएको छ । जुनसुकै स्वरुपको भएपनि चुनाव चिन्ह सुर्य नै राख्ने सहमति वैठकमा भएको चौधरीले बताएका छन् ।

सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाएर राष्ट्रपतिवाट दल विभाजन सम्बन्धि अध्यादेश स्वीकृत हुने दिन पर्खेर बसेका छन् ।

पार्टीको नाम टुंगो लगाउन विभिन्न विकल्पमा छलफल भएको थियो । पार्टीको नाम नेकपा एमाले ९समाजवादी०, नेकपा एमाले ९क्रान्तिकारी०, नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको नेताले बताए ।

चुनाव चिन्ह, “उदाउँदो सूर्य, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्ने नेताहरुले बताएका छन् । कुनै पनि हालतमा चुनाव चिन्हका रुपमा सुर्य नछोड्ने उनीहरुको अडान छ ।

नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको चौधरीले जानकारी दिए

देउवाले गलत गरेको भन्दै गगनले दिए ओलीलाई साथ !

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन्।

संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने काम जसले गरे पनि गलत भएको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन्।

उनले नेकपा एमालेका अध्यक्ष ओलीले जस्तै ‘संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत! हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।

पहिला ल्याउँदा गलत भन्नेले अहिले ल्याएको बताउँदै उनले भनेका छन्, ‘समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’ गतवर्ष यस्तै अध्यादेश ल्याउने कसैलाई पनि यसको विरोध गर्ने अधिकार नरहेको उनको भनाइ छ।

‘सँगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन,’ उनले भनेका छन्, ‘विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’

त्यस्तै नेकपा (एमाले) का नेता योगेश भट्टराईले राजनीतिक दलको विभाजनलाई सजिलो हुनेगरी ल्याइएको अध्यादेश बिना सर्त फिर्ता लिनुपर्ने बताएका छन्।

आमाको निधनले शोकमा बसिरहेका भट्टराईले मंगलबार सामाजिक सञ्जालमार्फत अध्यादेश जारी गर्नु मुलुकको व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र भएको टिप्पणी गरेका छन्।

‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र हो,’ उनले लेखेका छन्, ‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ।’

विगतको फोहोरी राजनीतिक अभ्यासका दुष्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्‍याउनु समकालीन नेतृत्वको घोर असफलता भएको उनले उल्लेख गरेका छन्।
‘आजका दिनमा प्रम शेरबहादुर देउवाले यो अध्यादेश विनाशर्त फिर्ता लिनुपर्दछ। कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ,’ नेता भट्टराईले लेखेका छन्।

‘आमाको दु:खद् निधनको शोकमा बसिरहेका बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने इच्छा नहुँदानहुँदै पनि आजको संगीन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनुहोला,’ उनले थप लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button