महानगरपालिकाले भन्यो, ‘हामी फोहर उठाउँदैनौं घर भित्रै राख्नुस्’ के हो कारण ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो घरवाट निस्कने फोहर केही दिन घरभित्रै राख्न आग्रह गरेको छ ।

फोहर सडकमा यत्रछत्र हुन थालेपछि महानगरपालिकाले यस्तो आग्रह गरेको छ । महानगरले अझै केही दिन फोहोर नउठाउने जनाएको छ ।

महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरेको थियो ।

हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् । सडकमा हिड्दा पनि नाक बन्द गर्नुपर्ने अवस्था छ ।

सडक दुर्गन्धित हुनेगरी फोहर थुप्रन थालेपछि महानगरले घरभित्रै केही दिन ब्यवस्थापन गर्न भनेको हो ।

यद्यपि केही दिन फोहोरलाई घरभित्रै राख्न महानगरले अनुरोध गरेको छ ।

महानगरले सोमबार सूचना जारी गर्दै अझै केही दिन फोहोर नउठाइने बताएको छ । सुचनामा भनिएको छ, ‘ल्यान्डफिल्ड साइट सुचारु भएपछि फोहोर लिन घर दैलोमा आउने व्यहोरा सादर अनुरोध गर्दछौं ।’

अचानक उद्धार गरिरहेका प्रहरी जवानको आफ्नै हातमा आमाको लाश आएपछि….

जिम्मेवार पेसामा रहेपछि कहिलेकाहीँ आफ्नो ठूलो पीडालाई पनि मनभित्रै दबाएर कर्तव्यमा खटिनुपर्छ ।

अघिल्लो महिना सिन्धुपाल्चोकको मेलम्चीमा एक पत्रकारले आफ्नै घरखेत ब’गा’ एको समाचार रिपोर्टिङ गरे । २०७२ मा विनाशकारी भूकम्पका बेला कैयौं सैनिक, सशस्त्र प्रहरी र प्रहरीका जवानहरुले आफ्नो घर भ’ त्कि एको खबर थाहा पाउँदापाउँदै अन्यत्रै उद्धारकार्यमा खटिनुपरेको थियो ।

केही वर्षअघि एक महिला समाचारवाचिकाले लाइभ टेलिभिजनमा आफ्नै श्रीमानको दुर्घटनामा मृत्यु भएको समाचारवाचन गरेकी थिइन् ।

यस्तै अत्यन्तै पीडादावी घटना भारतको छत्तीसगढमा भएको छ । छत्तीसगढको दंतेवाडामा सोमबार एउटा ट्रेक्टर ट्रली प’ ल्टिँ दा ४ जनाको मृत्यु भयो ।

संयोगले त्यतिबेला दुर्घटनास्थलभन्दा केही दूरीमा डिस्ट्रिक्ट रिजर्भ ग्रुपको एक समूह अर्कै अभियानका लागि आएका थिए । दुर्घटना भएको देखेपछि डिआरजीका जवानहरुले तत्काल उद्धार कार्य थाले । यस क्रममा डिआरजीका एक जवानको हातमा आफ्नै आमाको लाश आयो ।

ती जवानलाई दुर्घटनाग्रस्त ट्रेक्टरमा आफ्नी आमा पनि थिइन् भन्ने थाहा थिएन । अचानक आफ्नै हातमा आमाको लाश आएपछि मात्रै उनले आमा पनि ट्रेक्टरमा भएको थाहा पाएका थिए ।

तेलम टेटम क्षेत्रमा सर्च अभियानमा निस्किएका डिआरजीका जवानहरुले मानिसहरु आत्तिएर चि’च्या’एको सुनेपछि त्यहाँ आउँदा ट्रेक्टर तलाउमा डु’बे’को देखेका थिए ।

उनीहरु तत्काल उद्धारको लागि तलाउमा हा’म्फा ले ।

उद्धारका लागि हा’म्फा’ ल्ने जवानहरुमध्ये वसु कवासी पनि थिए । उनीहरुले घाइतेहरुलाई बाहिर निकालेर अस्पताल पठाउन थाले । ट्रली उल्टिएको देखेपछि उनीहरुले ट्रलीमुनि पनि खोजी गर्न थाले ।

वसुको हातमा एक महिलाको शव आयो । उनले शव बोकेर बाहिर लिएर आए । बाहिर ल्याएर शव हेर्दा आफ्नै आमालाई देखेपछि उनी त्यहीँ रुन थाले । उनलाई उनकासाथीहरुले सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button