साउन १ गतेवाट नचल्ने भनिएका मोवाइल कस्ता हुन् ? प्राधिकरणले दियो जानकारी (सूचना सहित)

काठमाडौं । अब साउन १ गतेवाट केही मोवाइल नेपालमा चल्दैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने तयारी गरेको छ ।

जसका कारण चोरी गरेर, भन्सार छलेर ल्याइएका मोवाइल साउन १ गतेदेखि चल्दैनन् । प्राधिकरणले विदेशवाट ल्याइएका मोवाइलको आइएमइआई दर्ता गर्न भनेको छ । जसका कारण आइएमइआइ दर्ता गर्नेहरुको अध्याधिक चाप भएकाले साइट नै खुल्न छोडेको छ ।

यस्तो समस्या आएपछि प्राधिकरणले सूचना जारी गर्दै त्यसवारे पूर्ण जानकारी दिएको छ । डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्नका लागि तीव्रताको साथ काम अघि बढेको जनाएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नु नपर्ने जनाएको छ ।

यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने जनाइएको छ ।

“व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरूद्ध आईएमईआई दर्ता प्रणाली सुचारू भएपछि थप उचित समय प्रदान गरी आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाइने,” सूचनामा भनिएको छ ।

नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आईएमईआई दर्ता भएका मोबाइल सेट खरिद गर्न पनि अनुरोध गरिएको छ ।

श्री ५ महाराजाधिराज भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएपछि मनिषा कोइराला एका एक चर्चामा

अभिनेत्री मनिषा कोइराला बेलाबेलामा चर्चामा आउँछिन् । उनी अहिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएको घटनालाई लिएर चर्चामा छन् ।

उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मिश्रित प्रतिकृया दिएका छन् । अधिकांशले उनको पूर्वराजालाई गरेको सम्बोधनलाई लिएर आपत्ती जनाएका छन् ।

कोइरालाले पूर्वराजा शाहलाई पूर्वराजा नभनी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव भनि सम्बोधन गरेपछि उनको आलोचना भएको हो ।

संविधानले नै ज्ञानेन्द्र शाहलाई पूर्वराजा भनेर उल्लेख गरिसकेको अवस्थामा मनिषाले राजाकै रुपमा सम्बोधन गरेको भन्दै आलोचना गरिएको छ । भारतका ठूला नेताहरुसंग पनि राम्रो सम्बन्ध रहेकी मनिषाको यो सम्बोधनलाई कतिपयले राजनीतिक भन्दै टिप्पणी समेत गरेका छन् ।

मनिषाले लेख्नुभएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव को ७५ औं शुभजन्मोत्सबको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।’

शिव घिमिरे नामका ट्वीटर प्रयोगकर्ताले लखेका छन्, चुच्चे नक्शाको समर्थन गरेर भाजपालाई चिढ्याईन र हो, नत्र त वीपीको नातिनी, भारतको सत्तापक्षरप्रतिपक्ष संग राम्रै पहुच भाकी ठुलै मान्छे हुन नी ।

कांग्रेस आईले फालेको राजतंत्र भाजपाले ल्याईदिन्छ की रु यिनले यसरी पुर्व उपसर्ग नराखी राजालाई सम्बोधन गर्नुको अर्थ त ठुलै लाग्छ हो ।

मनिषालाई पूर्व राजा लेख्न सबैले सुझाएका छन् । शर्मा एसआरले मनिषाको ट्विटमा प्रतिक्रिया दिनुभएको छ, ‘महाराजाधिराज१ मौसुफ१ हामीलाई जनताबाट रैति हुन यत्रो रहर किन के ?

त्यस्तै भुसु आर दुवाडीले नेपालको संविधानले नै शाहलाई पूर्वराजा बनाइदिसकेको उल्लेख गर्दै लेखेका छन्, , ‘राज्यको संविधान ले अब यिनलाई पूर्व राजा बनाइदिएको छ।

यो देशको नागरिक हु भन्नुहुन्छ भने तपाईंले नी पालना गर्न पर्छ, उहाँ अब श्री ५ महाराज धीराज होइन मात्र पूर्व राजा हो। तपाईंजस्तो बुझेको मान्छेले देशको संविधान विपरित बोल्दा हामीले अरूबाट के आशा राख्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button