
मेलम्चीमा फेरी खतरा, महाशाखाले जारी गर्यो यस्तो सूचना
काठमाडौ । केही दिनअघि मात्र भीषण बाढीले तहसनहस पारेको सिन्धुपाल्चोकस्थित मेलम्ची बजार आज फेरि बाढीको जोखिममा परेको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ७ बजे जारी गरेको सूचनाअनुासर सिन्धुपाल्चोकका शेर्माथाङ, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुकादेखि लगातार मध्यमदेखि भारीसम्म वर्षा भइरहेको छ।

‘थप वर्षा हुने सम्भावना, मेलम्ची बजारलगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ। निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेका कारण स्थानिय फेरी त्र सित छन् । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्र सित बनाएको छ ।

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ । यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिए ।
“खोलाको बहाव बढिरहेको छ । अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भने ।
७० लाखको क्रेटा ४५ लाखमै ! छक्कै पार्ने गरि कसरी सम्भव भयो त ? हेर्नुहोस् यसरी भयो सम्भब
वाग्मती प्रदेशकै नम्बर प्लेटमा २४ लटको क्रेटा बिक्रीमा। प्रचलित मूल्य ७० लाख तर ४५ लाखमै पाइने भएपछि सबैको ध्यान जानु स्वभाविक हो । तर सस्तोमा पाएँ भन्दैमा केही नबुझि गाडी किन्नेहरुका लागि भने मंगलवार प्रहरीले झट्का लाग्ने समाचार थियो ।
नेपाल प्रहरीले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेर मंगलवार सार्वजनिक गर्यो ।
भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजात ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरे पछि महंगो गाडी पनि यति सस्तोमा किन पाइएको होला भन्ने कुराको अनुमान लगाउन पक्कै कठिन भएन होला ।
भन्सार छली चोरी पैठारी गरी काठमाडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको प्रहरी अनुसन्धानवाट खुलेको हो ।
त्यसरी सबै कागजात समेत नक्कली बनाएर भारतवाट चोरी गरेका गाडी नेपालमा बिक्रि गर्ने गरेको आधारमा ४ जना पक्राउ परेका हुन् । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा लमजुङ घर भई सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा शान्तिनगर बस्ने, मोरङका रेवतीरमण निरौला छन् । निरौलाको धन्दा देखेर त प्रहरी पनि छक्क पर्यो ।
उनले सबै सरकारी कागजात नक्कली बनाउने कारखाना नै खोलेका रहेछन् । निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, झोला, लाइसेन्स, राहदानी लगाएतका सामाग्री बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दियो ।
पैसा तिरेपछि उनले सरकारी कागजात कीर्ते गरेर जे पनि दुरुस्तै बनाइदिने गरेका छन् निरौलाले । फार्मेसीको लाइसेन्स, एसएलसीदेखि स्नातकसम्मको ट्रान्सक्रिप्ट, सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, नागरिकता, ड्राइभिङ लाइसेन्स जम्मै बनाइदिने गरेको खुलेको छ ।
प्रहरीले निरौलाको फ्ल्याटबाट ५ बोरा कीर्ते कागजात, १९१ थान विभिन्न सरकारी कार्यालयका छापका साथै विभिन्न सरकारी निकाय तथा शैक्षिक संस्थाको छाप आदि बरामद गरेको छ ।



