
भटमास र सूर्यमुखी कच्चा तेलको मूल्य घट्यो, कति पुग्यो तेलको मूल्य ?
अन्तराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ । नेपाली बजारमा तेलको मूल्य घट्दा उपभोक्तालाई भने फाइदा हुनेछ ।

तर, मूल्य घट्नुअघि नै एलसी खोलेर कच्चा तेल मगाएका उद्योगीहरूले घाटा बेहोर्ने भएका छन् । मूल्य घट्नुअघि एलसी खोलेर मगाएको कच्चा तेलमा नेपाली उद्योगीले करीब १ अर्ब ८० करोड गुमाएका छन् ।

नेपालका उद्योगीहरूले अर्जेन्टिना र ब्राजिलबाट पैठारी गर्ने भटमासको कच्चा तेलको मूल्यमा १ सातामा ३ सय डलर प्रतिमेट्रिक टन घटेको छ । साता अघिसम्म १ हजार ४ सय ७५ डलर रहेको भटमासको तेलको मूल्य १ हजार २ सय अमेरिकी डलरमा झरेको व्यवसायीहरूले बताएका छन् ।
बजारमा अहिले सूर्यमुखी तेलको मूल्य थोक मूल्य प्रतिलिटर २५० र भटमासको तेलको खुद्रा मूल्य २३० रहेको छ । अन्तरराष्ट्रिय बजारमा तोरीको मूल्यमा कमी नआएकाले तोरीको तेलको मूल्य भने स्थिर रहने घरेलु तेल उद्योगका सञ्चालक श्रवण अग्रवालले बताए ।
उनका अनुसार भटमास र सूर्यमुखी तेलको मूल्यमा भने प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म कमी आउन सक्छ ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष एवं श्रीराम रिफाइनरीका सञ्चालक प्रदीप मुरारकाले गतवर्ष यो बेलामा भटमासको कच्चा तेलको मूल्य ६ सय ६० डलर मात्र रहेको बताए । तर, कोरोनाका कारण कच्चा तेलको मूल्य लगातार वृद्धि भएको उनले बताए ।
सूर्यमुखी कच्चा तेलको मूल्य प्रतिटन १ हजार ६ सय ५० अमेरिकी डलरबाट १ हजार ३ सय २५ डलरमा झरेको छ । अघिल्लो वर्ष यही सिजनमा सूर्यमुखी कच्चा तेलको मूल्य प्रतिटन ७ सय २५ देखि ७ सय ५० अमेरिकी डलर थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
कानेपोखरी कांग्रेस भित्र नेतृत्वको खोजी
सुमन अधिकारी
नेपाली कांग्रेसको १४ औ महाधिवेशन लागेसंगै मोरङको कानेपोखरी कांग्रेसमा पनि नया नेतृत्व चयनको बेला आएको छ ।
कानेपोखरी कांग्रेसमा सशक्त, कुशल व्यवस्थापक, दुरदृष्टि, रचनात्मक शैली, प्रभावकारी सङगठन निर्माणमा कौशलता, दक्षता, क्षमता लगायतका अनुभूति दिने परिवर्तनकारी नेतृत्वको खाँचो छ ।
पार्टीलाइ सहि नेतृत्व चयनमा महत्वपुर्ण भुमिका पार्टीको क्रियशिल सदस्यको हुने गर्छ तसर्थ नेतृत्व चयन गर्दा हामीले सर्वप्रथम त नेतृत्व भनेको के हो ? नेतृत्वमा कस्ता कस्ता गुण हुनुपर्छ भन्ने कुरा बु्ुझ्न जरूरी छ ।
नेतृत्व भन्ने वित्तिकै कुनै समुह वा संस्थाको सामुहिक उद्देश्य प्राप्तीका लागि व्यक्ति अथवा समुहका क्रियाकलापलाइ प्रभावित पार्ने कार्यलाइ बुुु्झिन्छ । निर्णायक क्षमता, इच्छाशक्ति, सहि र गलत छुट्याउन सक्ने खुबी , विषय वस्तुको राम्रो ज्ञान, परिस्थिति अनुरूप आफ्नो कार्यनिति र कार्यशैलीमा परिवर्तन गर्ने लचकता, सच्चरित्रता, केही गर्नुपर्दछ भन्ने उत्साह, आत्मविश्वास,स्वत्याग, निष्पक्षता, धैर्यता आदी असल नेतृत्वका गुण हुन् ।
यिनै गुणहरूले भरिपुर्ण नेतृत्वबाट नै हाम्रो सामुहिक उद्देश्य प्राप्ती हुनेछ भन्ने कुरा हामी सबै क्रियाशिल सदस्यले बु्झ्न जरूरी छ । आज पार्टीमा दिइने मत नै भोलीको यो समाज र राष्ट्र निर्माणको मत हो भन्ने कुरा हामीले बुझ्न जरूरी छ ।
आज हामीले पार्टीको नेतृत्व चयन गर्छाै, भोली पार्टिले यो समाजको नेतृत्व गर्नेछ। कस्तो नेतृत्व चाहिँ यो समाज निर्माणका लागि आवश्यक पछर्, त्यो चयनका लागि पहिलो चरणको मत नै नेपाली कांग्रेसको १४ आँै महाधिवेशन हो ।
कानेपोखरी कांग्रेसको पुरानो कृयाशिल संख्या ५६२ हो भने नयाँ क्रियाशिल संख्या ६९८ गरि जम्मा १२६० हुन जान्छ । संख्यात्मक रूपले हेर्दा पार्टि निकै नै मजबुत बनिसकेको कुरा छर्लंग छ ।
२ जना महासमिति सदस्य, ७ जना जिल्ला सदस्य, क्षेत्रीय सदस्यहरू सहित मजबुत बनेको कानेपोखरी कांग्रेसलाइ यस महाधिवेशनमा सहमतिको आधारमा अगाडि लान सके १ वर्ष पछि आउने स्थानिय निर्वाचनमा शक्तिको रूपमा उदाउने कुरा स्पष्ट छ ।
सहमतिका आधार बनाउन मुख्य भुमिका भने यहाँको अग्रज नेतृत्वको हातमा छ र महाधिवेशन अगावैको पहिलो परिक्षा पनि यहि नै रहन जान्छ ।
पार्टीको क्रियाशिल सदस्यको नामावली प्रकाशन भएसंगै कानेपोखरीमा बाक्लै रूपमा नेता र कार्यकर्ताको भेटघाट तथा छलफलहरू हुने गरेको छ । यस्ता छलफल र भेटघाटले पक्कै पनि असल नेतृत्वको खोजी पार्टी भित्र गर्नेछ र सहमतिको आधार बनाउने छ भन्ने विश्वास रहेको छ ।
–जय नेपाल–
लेखक अधिकारी नेपाली काङ्ग्रेस कानेपोखरी–६ का सचिव हुन् ।



