
२२ वर्षका युवकको प्रहरीलाई छक्क पार्ने चोरी धन्दा, बैंकमा छ डलर खाता : दिनको ९ हजार तिरेर तारे होटलमा बनाउँथे चोरीको योजना
काठमाडौ । काठमाडौंका सहकारीहरूबाट ४३ लाख बढी नगद तथा सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ९ घर भई जोरपाटी बस्ने २२ वर्षीय दीपक गजुरेललाई शनिबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। तर अनुसन्धान गर्दै जाँदा उनको पृष्ठभूमी देखेर प्रहरी भने छक्क पर्यो ।

गत जेठ १३ गते राती काठमाडौंको मैतीदेवीस्थित एउटै घरमा रहेका २ वटा सहकारी संस्थामा लुटपाट भयो। मैतीदेवीको एउटै घरमा रहेका ज्येष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ नगद तथा मोबाइल तथा ल्यापटप १र१ थान र गैथली बचत तथा ऋण सहकारी संस्थाबाट नगद २ लाख ५८ हजार रुपैयाँ तथा ९ तोला सुन चोरी भएको थियो।
चोरीको विषयमा २ वटै सहकारी संस्थाले प्रहरीमा उजुरी दिए। प्रहरीले अनुसन्धान पनि शुरु गर्यो। तर, चोरीमा संलग्न व्यक्ति भने फेला परेनन्।
काठमाडौंमा त्यसअगाडि पनि विभिन्न ठाउँमा सहकारी संस्थाबाट नगदसहित धनमाल चोरी हुने गरेका उजुरी आइरहेका थिए।
केही ठाउँमा भएका चोरीमा संलग्नहरु पक्राउ परेका भएपनि पछिल्लोपटक ५ वटा सहकारीमा भएको चोरीका घटनामा संलग्नहरु भने पक्राउ परेका थिएनन्।
यि युवकलाई परिसर र महानगरीय प्रहरी वृत्त सिंहदरबारको विशेष टोलीले गौशालाबाट पक्राउ गरेको थियो। उनीहरूको साथबाट सिसा का ट् ने मेसिन, मास्टर चाबी, कपडा तथा रसिदहरू बरामद भएपछि अनुसन्धानमा परे ।
प्रहरी उपरीक्षक बस्नेतका अनुसार गजुरेलले ४३ लाख ९७ हजार ३२६ रुपैयाँ बराबरको नगद चोरी गरेका थिए। त्यस्तै ९ तोला सुन, मोबाइल र ल्यापटप एकेक थान चोरीको आरोप छ।
उनले गत वर्ष माघ १५ गते बानेश्वरको बेबिलोन उपभोक्ता सहकारीबाट ७ लाख नगद चोरी गरेका थिए। माघ २१ गते शंखमुलको घर संसार उपभोक्ता सहकारी संस्थाबाट दुई लाख २४ हजार नगद, फागुन १३ गते गौशाला मित्रपार्कको पन्च श्री बचत तथा ऋण सहकारीबाट १४ लाख ९८ नगद, फागुन १४ गते कोटेश्वरको सिमश स्वामी बचत तथा ऋण सहकारीबाट २ लाख, चैत ४ गते बानेश्वरको सन्दुक बचत तथा ऋण सहकारीबाट १० लाख १३ हजार नगद चोरी भएको थियो।
त्यसैगरी, गत जेठ १३ गते मैतिदेवीको जेष्ठ आइडोलोजी बचत तथा ऋण सहकारीबाट ५ लाख, एउटा मोबाइल र एउटा ल्यापटप र गैथली बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख ५८ र ९ तोला सुन चोरी भएको थियो। यसरी श्रृंखलाबद्ध रूपमा चोरी भइरहेको भन्ने खबरपछि सिंहदरबार वृत्त र परिसरले विशेष टोली नै खटाएको थियो।
पक्राउ परेका गजुरेल कुनै फ्ल्याट भाडा लिएर वा घर भाडामा लिएर बस्दैनथे । उनी ठमेलको २ तारे होटलको भीआईपी रूममा दैनिक ९ हजार रुपैयाँ भाडा तिरेर बस्ने गरेको पाइएको छ ।
त्यही होटलको कोठामा बसेर सहकारीहरूमा चोरीको योजना बनाउने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दैनिक त्यहीँबाट अनामनगरमा रहेको अफिस जानेरआउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनको काठमाडौंका केही बैंकमा खाता पनि छन् । जसमा डलर खाता पनि खोलेको देखिएको प्रहरीले जनाएको छ । डलर खातावाट उनले नेपाल वाहिर पनि पैसा पठाएको देखिएको छ ।
कस्तो अचम्म ? जब जनप्रतिनिधि नै आमरण अनशनमा बसे
जनप्रतिनिधिको काम जनताका माग पुरा गराउने हो । सरकारलाई जनताका मागका बारेमा जानकारी गराउने र त्यसका लागि पहल गर्ने काम जनप्रतिनिधिको हो ।
तर जनप्रतिनिधि नै आमरण असशनमा बसेपछि के होला ? गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधि नै आमरण अनशनमा बसेका छन् ।
गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनशनमा बसेका छन् । वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनशनमा बसेका छन् । उनीहरुले मेलौली नगरपालिका भवनकै आँगनमै सोमवारदेखि अनशन सुरु गरेका हुन् ।
गाउँमा विद्युत् नभएकै कारण चितुवाको आ क्र म णबाट स्थानीयवासीले अकालमा ज्यान गुमाउनु परिरहेकाले आमरण अनशनमा बसेको वडासदस्य भट्टले बताए ।
मेलौली–८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत् पुगिसकेकाले त्यतैबाट विद्युत् विस्तारका लागि पहल गर्नुपर्ने उनीहरुको माग छ । यस आर्थिक वर्षभित्र विद्युत् विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनशन जारी रहने जनाइएको छ ।



