
लकडाउनमा भोकालाई निशुल्क खाना खुवाइरहेकाहरु पक्राउ, उनीहरुले प्रयोग गरेको जमिन पनि प्रहरीले खाली गरायो
काठमाडौ । महामारीको समयमा काम नपाएर भोको पेट भएकाहरुलाई निशुल्क खाना खुवाउँदै आएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले भोकाहरुलाई खाना खुवाउन प्रयोग गरेको ठाउँ पनि खाली गराइएको छ ।

काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले लकडाउनमा काम गुमाएर भोको पेट हुनुपरेकालाई खाना खुवाउँदै आएको थियो ।

उनीहरुले निशुल्क वितरण गर्दै आएको खाना खान टाढावाट त्यहाँ विपन्नहू पुग्ने गरेका थिए । तर सोमवार उनीहरुले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ।
काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको छ । अब भोको पेट हुनेहरुले कहाँ खाना खान्छन् त्यसको कुनै ठेगान छैन । प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ।
हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले खाना बनाउन बनाएका संरचना पनि प्रहरीले भत्काइदिएको छ हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,’ मेयर र स्थानीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो।
उनले वडा कार्यालयले आफुहरुलाई अनुमति दिएका कारण आफुहरु त्यहाँ खाना बनाइरहेको बताएका छन् ।
प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ।
भखरै जारी भयो यस्तो निर्णय , निषेधाज्ञा हुने भयो खुकुलो , यस्ता छन नया नियमहरु , यस्ता नियम अपनाय सबै दिन पसल खोल्न पाउने ?
काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा खुकुलो भएको छ। यद्धपी एकसाताका लागि भने निषेधाज्ञा थपिएको छ । थपिएको निषेधाज्ञामा धेरे कुरा खुकुलो पारिएको छ । निश्चित घण्टा मात्र संचालन गर्न पाउने पसल निर्वाध खुल्ने भएका छन् ।
कपडा लगायतका पसल पनि संचालन हुने भएका छन् । यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो।
अब भने सबै प्रकारका पसल सबै दिन खुल्नेछन्।त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल भने विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् ।
त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ ।
पसलहरुमा लगाइएको बार प्रणाली हटेको प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छज् । अब जुनसुकै बार जुनसुकै पसल खोल्न पाइने छ । तर, यसरी खोलिने पसलहरुमा समय भने तोकिएको छ।
खाद्यान्नका पसलहरु भने बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन्। त्यस्तै अन्य पसलहरुलाई भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न दिइएको छ।
होटेल, रेष्टुरेष्टको हकमा भने टकेअवे र होम डेलिभरी सेवामात्र दिन पाउने छन्। काठमाडौ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलवारवाट सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरे ।
मंगलवारवाट २५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन मात्र संचालन हुन्छन् । जसलाई जोरबिजोरका आधारमा चलाउन पाइन् छ ।
ठूला बसहरूलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर भोलिदेखि जोरबिजोरको आधारमा चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।



