सार्वजनिक यातायातको भाडा बढ्ने, कहिले देखि खुल्छन् गाडी ?

काठमाडौ । महामारीका कारण लागू गरिएको निषेधाज्ञा अझै पनि जारी छ । सार्वजनिक सवारी साधन संचालन भएका छैनन् । सार्वजनिक सवारी संचालन नहुँदै त्यसो भाडा भने बढाउनुपर्ने निष्कर्ष सरकारी निकायले निकालेको छ ।

सार्वजनिक वैज्ञानिक भाडा समायोजनबारेको अध्ययन प्रतिवेदनमा भाडा बढाउनुपर्ने उल्लेख छ । सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगिसकेको छ ।

२०६९ सालदेखि वैज्ञानिक रुपमा भाडा समययोजन नभएको उल्लेख गर्दै भाडा बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । ब्यवसायीले पनि भाडा समायोजन नगरिएको गुनासो गर्दै आएका छन् ।

तेलको मूल्यमा भएको घटबढका आधारमा पटक(पटक भाडा समायोजन भएकाले अब कसरी भाडा समायोजन गर्ने भन्नेबारे निर्णय लिन मन्त्रालयमा प्रतिवेदन पठाइएको छ ।

सरकारले २०६५ फागुन २० गते वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको थियो । अहिले बुझाएको प्रतिवेदनमा विभागले कति प्रतिशत भाडा बढाउने भनेर किटान भने गरेको छैन ।

यातायात व्यवस्था विभागका प्राविधिक उपसचिवको संयोजकत्वमा समिति बनाएर समायोजनको लागि अध्ययन भएको थियो । यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर भाडा बढाउन सरकारलाई वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

तर, महामारी नियन्त्रणका लागि निषेधज्ञा लागू भएपछि व्यवसायीहरु सवारी थन्क्याएर बस्न बाध्य छन् ।

मर्स्याङदीमा मा फेरी अर्को विपत्ती ! जेसिबी फस्यो, चालकको ज्यान मुस्लिले बाँच्यो

मर्स्याङदी नदीमा आएको ठूलो बाढीमा ठूला ठूला काठ र ढुंगा बगाएर ल्यायो । अहिले वाढी केही घटेको छ । तर ति काठ र ढुंगाका कारण नदीको धार सिधा नगएर बस्ती तिर सोझियो ।

जसका कारण बस्ती थप जोखिममा पर्यो । बाढीमा बगाएर ल्याएका ति काठ हटाउन गएको जेसिबी नै बीच भागमा फसेको छ । सदरमुकाम चामेस्थित मर्स्याङदी नदीमाथिको मोटरेबल पुलवाट नदीका काठ र ढुंगा निकाल्ने प्रयास गरिएको थियो ।

नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसे । त्यसको खबर प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेलाई पुग्यो । तत्काल जेसिबी चालकलाई भने उद्दार गरियो । तर जेसिबी भने नदीमै फसेको छ ।

जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारकोलाई सकुशल उद्धार गरिएको हो ।

जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर पनि मस्र्याङ्दी नदीको बीचमा फसे पछि बस्ती जोगाउन गरिएको प्रयास पनि रोकिएको छ ।

नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको थियो । पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अ ड् किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेर बस्ती तिर पसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button