
उपत्यकामा सार्वजनिक यातायात खोल्ने बिषयमा यस्तो निर्णय हुने
काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।

भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् ।

निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि कुन-कुन क्षेत्रलाई खुकुलो तुल्याउने र कुन-कुन क्षेत्रलाई कडाइ गर्ने भन्ने बारे निर्णय नभैसकेको ललितपुरका सिडियोले बताए ।
नेपाल प्रेसका अनुसार ‘सार्वजनिक यातायात खुलाउन हामीलाई दिनहुँ यातायात व्यवसायीको डेलिगेसन आइरहेको छ’ उनले भने, ‘तत्काल खुला गर्ने हाम्रो योजना छैन तर, एकदुई दिनको संक्रमण दर हेरेर निर्णय लिन्छौं ।’
निषेधाज्ञा खुकुलो भएको समयमा पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले अझै कडाइ पनि गर्नुपर्ने हुनसक्ने उनले जनाए ।
काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले पनि सार्वजनिक यातायात खुलाउन आफूहरु सकारात्मक रहेपनि हतार नगर्ने बताए । ‘स्वास्थ्य मन्त्रालयको सुझावलाई हेरेर यसबारे निर्णय हुन्छ तर, तत्काल खोलिहाल्ने हाम्रो तयारी छैन’ पराजुलीले भने । अहिलेको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म कायमै छ ।
एउटालाई ठ’क्कर दिएर भागेको तेल ट्यांकरले फेरी अर्कोलाई हा’न्यो: २ बालिकाको मृत्यु
सप्तरीमा एक पटक दुर्घटना गराएर भागेको तेल ट्यांकरले दोस्रो दुर्घटना पनि गराउँदा घटनामा २ जनाको मृत्यु भएको छ । एउटै तेल ट्यांकरले सडकमा दुईवटा मोटरसाइकललाई ठ क्कर दिएको हो ।
एउटी बालिकालाई दुर्घटना गराएर भागेको ना ७ प ५४९५ नम्बरको ट्यांकरले अर्की बालिकालाई पनि ठ क्कर दिएको थियो । घटनामा दुवै बालिकाको निधन भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुरमा ना ७ प ५४९५ नम्बरको ट्याङकरले सुरुमा स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठ क्कर दिएको थियो।
सो मोटरसाइकलमा पछाडी बसेकी रुपनी गाउँपालिका ३ कटैयाकी ८ वर्षीया यशोधाकुमारी प्रमाणीको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटना पछि भागेको ट्यांकरले २ किलोमिटर अगाडी चाँदनी चोकमा स११प २५८५ नम्बरको मोटरसाइकललाई ठ क्कर दिँदा मोटरसाइकलको पछाडी सवार कंचनरुप नगरपालिका ६ की ७ वर्षीया सुमैया प्रविणको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सुरुमा भएको दुर्घटनामा बालिकाकी आमा सुमनीदेवी र मामा कुसुमलाल घाइते भएका छन्। मामाले चलाएको मोटरसाइकलमा आमाछोरी बसेका थिए ।
घाइतेहरुको ठेलिया र युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि तेल ट्यांकर चालक फ रा र छन्।
घटनापछि स्थानीयबासीले सडक अवरुद्ध गरेका छन्।



