पक्राउ परेका युवाको बयान, मैले भनेको मानिनन् त्यसपछि मैले सि’ध्याईदिए……

काठमाडौं । विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्या न लिने आराेपी पक्राउ परेका छन् । मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो ।

प्रहरीका अनुसार सन्तोषीको कर णी गर्न थालेपछि प्रतिकार गर्दा भएको खुलेको छ। प्रहरीले सन्तोषीको घटाएको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका -७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको छ ।

असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए ।

पक्राउ परेका तिमल्सेना बसमा सहचालकको काम गर्थे। घटना पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए। प्रहरीले उनलाई काठमाडौं-२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय महिला आ’त्तिएर त्यहीं नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो । महानगरीय प्रहरी परिसर महानगरीय अ’पराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो । ‘

उनले शुरुमा घाँ’ ‘टी थि’ ‘चेर ज्या’ ‘न लिएको र पछि नचिनियोस् भनेर अनुहार क्ष’ ‘त वि’क्ष’त हुने गरी प्र’ ‘हार ग’रेको पाइयो,’ ती अधिकारीले भने ।

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छ वटा विषय अध्ययन गर्छन् ।

केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिए ।

अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो ।

फेरि थुनियो मस्र्याङ्दी नदी, नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा

चामेमा मस्र्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताउनुभयो ।

थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजीकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।

गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामे बजार थप जोखिममा पारेको छ ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button