खाने तेलको मूल्य घट्यो

पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।

महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गरे ।

विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको थियो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल (सनफ्लो) प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ ।

सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ । यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले भने प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ ।

बजारमा तेलको भाउ घटेको हल्ला चले पनि आमउपभोक्ताले घटेको मूल्यको महसुस गर्न भने नपाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले उद्योगमा मात्रै मूल्य घटेर उपभोक्ताले त्यसको लाभ लिन नपाउने भएकाले तेलका अन्य लियरमा पनि अनुगमन हुनुपर्ने बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

एमाले विवाद : ‘ओलीले चाहे एकै दिनमा सहमति’

सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको छैन ।

सर्वोच्च अदालतले अध्यक्ष ओलीले विस्तार गरेको १०औं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेपछि संस्थापन पक्षदबाबमा परेको छ । तर, अध्यक्ष ओली भने जेठ दुईमा फर्कनु भन्दा पार्टीभित्रका नेताहरूलाई उचित जिम्मेवारी दिने गरी जेठ तीनअघिको अवस्थामा फर्कने अडानमा छन् ।

नेकपा एमालेका नेता ठाकुर गैरेले पार्टी अध्यक्षओलीले चाहे जारी विवादको समाधान एक दिन एउटै बुँदामा समाधान हुने बताए । उनले नेपाल समाचारपत्रसँग भने–‘अहिलेको विवाद अध्यक्षबाट सृजना भएको हो । तलकहीँ कतै समस्या छैन । अध्यक्ष जिम्मेवार बने एकै दिनमा सहमति हुन्छ ।’ 

सर्वोच्च अदालतको फैसाला अनुसार २०७५ जेठ दुई अघिकै कमिटी ब्युँताउने निर्णय गरेको अवस्थामा स्वःस्फूर्त रूपमातीकमिटीले काम शुरू गर्ने बताउँदै पार्टीभित्र कुनै पनिविवाद नरहने गैरेको तर्क थियो ।

उनले भने–‘अहिले पार्टीका दोस्रा तहका नेताहरूबीच पार्टीभित्र देखिएको विवाद मिलाउन पहल गर्नु राम्रो भएपनिशीर्ष तहमा संवादनभई अहिलेको समस्या समाधान हुँदैन ।’ उनले पार्टीलाई विधि र पद्दति अनुसार चलाउनुपर्ने मात्र आफूहरूको माग रहेको जिकिर गर्दै पार्टी एकता अध्यक्षकै हातमा रहेको बताए ।

श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी

श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउदी अरब र मलेसियामा रहेका नेपालीलाई स्वदेश आउन समस्या भएको छ । अन्य देशबाट भने अत्यावश्यक उडान भइरहेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उद्धार गर्नुपर्ने समस्या मलेसिया र साउदी अरबमा भएकाले त्यहाँको अवस्थाबारे सीसीएमसीलगायत सबै सरोकारवालालाई जानकारी गराइसकिएको जानकारी दिए । “बोर्ड सहयोग गर्न तयार छ, हामीलाई आदेश चाहियो”, उनले थपे ।

कोभिड–१९ को सङ्क्रमण बढेपछि सरकारले डेढ महिनाअघि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उडान बन्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका श्रमिक रोजगारदाता कम्पनीमै बसिरहेको ती देशमा रहेका नेपाली दूतावासले जानकारी गराउँदै आएका छन् ।

सीसीएमसीका अनुसार रोजगारदाता देशमा रोकिएका श्रमिक बेखर्ची भए सरकारले क्वारेन्टाइन खर्च बेहोर्ने र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका श्रमिकलाई छिट्टै स्वदेश फर्काउने तयारी गरेको छ ।

अहिले अघिल्लो वर्षजस्तो समस्या नभएकाले रोजगारदाता देशमा रोकिएका श्रमिकलाई स्वदेश फर्काउन कुनै अप्ठ्यारो नहुने सीसीएमसीले जनाएको छ ।

खाडी मुलुक र मलेसियामा रहेका नेपाली राजदूतले अन्तर्राष्ट्रिय उडान बन्द हुनासाथ श्रमिक फर्काउन वैकल्पिक उडान खुलाउन सरकारसँग आग्रह गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button