मेलम्ची नदीमा फेरि आयो बाढी, सतर्क रहन प्रशासनको अपिल

मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।

असार १ गतेजस्तै गरी मेलम्ची खाेला उर्लिएकाे स्थानीय बताएका छन्। मेलम्ची खाेलामा काठपातसहसहित लेदाका साथै पानी उच्च तहले बढेको छ।

बाढीले हेलम्बुमा एउटा झोलुंगे पुल बगाएको आशंका रहेको एक प्रहरीले बताए। पानीको सतह माथि आएकाले दोलालघाटको पुल पनि जोखिममा रहेको उनले बताए।

मेलम्ची क्षेत्र तथा हेलम्बुस्थित नदी आसपासका जनतालाई अस्ति नै सुरक्षित स्थानमा सारिसकिएको छ भने आवश्यक सतर्कता अपनाउन प्रहरीले स्थानीयलाई अनुरोध गरेको छ।

नदीकाे बहाव बढेसँगै तल्लो तटीय क्षेत्रमा रहेका स्थानीयलाई सचेत रहन प्रहरीले आग्रह गरेकाे छ। यसअघि असार १ गते आएकाे बाढीले २० जना बेपत्ता पारको छ। तीन जनाको जनाकाे मृत्यु भइसकेको सरकारले जनाएको छ। बाढीले करोडाैंको हानि पुर्‍याएको छ।

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो, आखिर को हुन् उनि ?

कोरोना भाइरसको महामारीका कारण जारी निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुलेको छ ।

गृहमन्त्रालयका एक अधिकारीका अनुसार गत आइतबार विहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती लिएर स्वयम्भुमा पुगी सार्वजनिक स्थलमा अस्वभाविक गतिविधि देखाउने व्यक्त सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खुलेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र तस्वीरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा उनको परिचय खुलेको हो।
आइतबार बिहान करिब ११ बजेको समयमा सेतो नम्बर प्लेटको सरकारी गाडीमा युवती लिएर उनी स्वयम्भु डाँडामा पुगि ‘डेटिङमा मस्त’ रहेको तस्वीर तथा भिडियो सार्वजनिक भएको थियो ।

पत्रकार छायाचन्द्र भण्डारीले स्वयम्भुको डाँडाको एक कुनामा उनीहरुको ‘मोजमस्तीमा लिप्त’ बनेको भिडियो र तस्वीर खिचेका थिए ।


जोडीको उक्त हर्कतपछि पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।

स्वयम्भु पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्नथालेपछी १२ः४५ बजे त्यहाँबाट निस्किएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको र सत्य तथ्य बुझेर सरकारी गाडी दुरुपयोग गर्दै सार्वजनिक स्थलमा अस्वभाविक हर्कत गर्नेलाई कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button