अस्पतालमा लक्ष्मीले दिएको बयानले प्रहरी समेत चकित

डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जिउँदै सि’ध्याउ’न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई जि ‘उँ’दै ज’ला’ए’र ज्या न लिन खोज्ने श्रीमान भाटलाई कञ्चनपुुरको त्रिनगर भन्सार नाकाबाट सोमबार राति पक्राउ गरिएको हो ।

पक्राउ परेका भाटलाई आज जिल्ला अदालत डोटीबाट छ दिनको हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

लक्ष्मीका श्रीमान भाटले गत जेठ १२ गते आफ्नै घरमा सुतिरहेको बेला यो गर्दा उनीसहित नावालक छोरी ज’ ले र ग म्भीर घाइते भएकी थिइन् । छोरी र श्रीमती घाइते भएलगत्तै फ’रार भएका भाटलाई कैलाली र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

फरार रहेका भाटले प्रयोग गर्ने टेलिफोनको कल डिटेलका आधार र मोबाइल ट्रयाकिङ्बाट उनलाई पक्राउ गर्न सहज भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्र थापाले बताउनुभयो ।

घाइते लक्ष्मीलाई तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा गएको गत जेठ १७ गते हेलिकप्टरबाट काठमाडौ ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

अहिले लक्ष्मीको स्वास्थ्य अवस्थामा निकै सुधार आएको उपचारमा सम्लग्न अस्पतालका चिकित्सकद्धय डा सुरेन्द्र बस्नेत र डा प्रकृति ज्ञवालीले जानकारी दिनुभयो ।

नारायणी नदीले ख त रा को सं के त पनि पार गर्यो, विभागले जारी गर्यो यस्तो सूचना

लगातार परेको वर्षाले देवघाटस्थित नारायणीमा नदीको जलसतहले खतराको बिन्दु समेत पार गरेको छ । नदी आसपासका स्थानियलाई सतर्क रहन आग्रह गरिएको छ । खतराको खण्टी बजाइएको छ सावधानीका उपाय अपनाउन भनिएको छ ।

जल तथा मौसम विभागका अनुसार नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले थप खतरा बढ्ने तर्फ संकेत गरेको छ। वर्षाको सम्भावना अझै रहेकोले विभागले चितवन र नवलपरासीको तटिय क्षेत्रमा भोली बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

यस्तै, विभागले पछिल्लो २४ घण्टामा चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा, कास्की, म्याग्दी र आसपासका जिल्लाहरुमा भारी बर्षा भएको र थप बर्षा हुने पूर्वानुमान रहेको जनाएको छ।

विभागले यी क्षेत्रका नदीको तटीय क्षेत्र, कमजोर तथा भिरालो जमीन र डुबान भइरहने होचा स्थानमा पनि सतर्कता अपनाउन आग्रह गरेको छ।

बैंकवाट ल्याएर दराजमा राखेको ५३ लाख वृद्ध भत्ता अचानक गायब, मन्त्रालयबाट छानबिन सुरु

नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट वडा नंवर २ कबिलासबाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी भएको खबर सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बैंकबाट मात्र भत्ता वितरण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ ।

मन्त्रालयले सामाजिक सुरक्षा भत्ता नगदमै वितरण गर्दा चोरी हुन थालेको भन्दै बैंक खाता खोलेर मात्र भत्ता वितरण गर्न निर्देशन दिएको हो ।मन्त्रालयका उपसचिव वावु राम भुसालले सवै स्थानीय तहलाई पत्र लेख्दै भत्ताको रकम चोरी हुन थालेको, अनियमितता देखिन थालेको भन्दै अनिवार्य बैंकिङ प्रणालीमा जान भनेको हो ।

नुवाकोटको पञ्‍चकन्या गाउँपालिका वडा नंवर २ कविलासमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न झिकिएको ५० लाख र राजश्व बापत संकलन भएको ३ लाख समेत गरी ५३ लाख चोरी भएको ३ महिना भन्दा बढी समय बितिसकेको छ ।

यती लामो समय बितिसक्दा समेत दोशी पत्ता लगाउन नसक्नु, उक्त पैसा राती वडा कार्यालयको ढोकाको साँचो खोलेर १० मिनेटभित्र चोरिएको सिसिटिभी फुटेजमा देखिनुले वडामा आईरहने नजिकका ब्यक्तीबाट चोरी भएको हुनसक्ने अनुमान गरिएको छ ।

‘सीसीटीभीबाट पनि चोर पत्ता लाग्न सकेन । हामीले प्रहरीमा उजुरी गरेर अनुसन्धान सुरु गरे पनि अझै परिणाम देखिएको छैन ।

सरकारी रकम वडा सचिव सरिता रावतको नाममा जम्मा गरेको, भत्ता वितरण बैंकबाट गर्नुपर्ने प्रावधानलाई बेवास्ता गरेको, एकपटकमा १० लाखभन्दा बढी रकम बैंकबाट झिक्न नपाइने भए पनि प्रशासकीय अधिकृत आफैंले पटक–पटक नियम उल्लंघन गरेको, घटनाको जानकारी नदिएको बताइएको छ ।

त्यसैले उनलाई यस्ता असावधानी अपनाएको देखिएकाले प्रशासकीय अधिकृतलाई निलम्बन गरेर मन्त्रालयले अनुसन्धान थालेको छ । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम थिएन ।

यसअघि सोही गाउँपालिका–५ को सामाजिक सुरक्षाबापतको भत्ता हिनामिना भएको शंकामा अख्तियारमा उजुरी परेपछि वडा सचिवले गल्ती भएको भन्दै १० लाख फिर्ता गरेका थिए ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट वडा नंवर २ कबिलासबाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी भएको खबर सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बैंकबाट मात्र भत्ता वितरण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ ।

मन्त्रालयले सामाजिक सुरक्षा भत्ता नगदमै वितरण गर्दा चोरी हुन थालेको भन्दै बैंक खाता खोलेर मात्र भत्ता वितरण गर्न निर्देशन दिएको हो ।मन्त्रालयका उपसचिव वावु राम भुसालले सवै स्थानीय तहलाई पत्र लेख्दै भत्ताको रकम चोरी हुन थालेको, अनियमितता देखिन थालेको भन्दै अनिवार्य बैंकिङ प्रणालीमा जान भनेको हो ।

सुरु भयो बाढीको वितण्डा! घर र पुल बगायो, प्रशासनले गर्यो यस्तो आग्रह

लगातारको वर्षाका कारण केही स्थानमा वाढी र पहिरोले वितण्डा सुरु भएको छ । मनाङमा बाढीले क्षति पुर्‍याउन थालेको समाचार आएको छ । जिल्लामा बाढीले केही पुल र घर बगाएका छन्। केही बस्ती डुबानमा परेका छन्।

तर अहिले क्षतीको विवरण संकलन भइसकेको छैन । बाढी घट्ने र बढ्ने भइरहेको बताइएको छ ।

बाढी कहिले घट्ने कहिले बढ्ने भइरहेकाले जोखिम कायमै रहेको भन्दै सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘उद्धार र राहतका लागि अब एकछिनमा सुरक्षा समितिको बैठक बस्ने सहायक प्रमुख जिल्ला अधिकारी शारदा प्रसाद चालिसेले जानकारी दिएका छन् ।

प्रारम्भिक जानकारीअनुसार तिमाङ भन्ने स्थानका दुवै पुल, चामेका तीनवटै पुल तथा चामेमा एउटा घर बगाएको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेको भनाई छ ।

लगातार दुई दिन देखि भइरहेको वर्षाका कारण देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेका कारण डुवान र वाढी र खतरा बढेकोे छ ।

नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, गण्डकी नदीमा पानीको बहाव बढ्दा म्याग्दीको घोरेपानी तथा नवलपरासीको अरुण नदी र आसपासका क्षेत्रमा जोखिम बढेको छ । सो क्षेत्रका बासीन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अघिल्लो वर्षहरुमा भन्दा यो वर्ष अत्याधिक वर्षा हुने भएकाले सतर्क अपनाउन र जोखिम न्युनिकरणका लागि तयारी गर्न समेत सावधान गराएको छ ।

दुई दिनको वर्षाले कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्नसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button