कहिले खुल्छ आन्तरिक उडान ? ब्यवसायी भन्छन् ‘हामी डुब्न लाग्यौँ-अब धान्न सक्दैनौं’

काठमाडौ । माहामारीको दोस्रो लहरका कारण जारी गरिएको लकडाउन अहिले खुकुलो पार्ने क्रममा छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गराउँदै केही सेवा खुकुलो बनाएा छन् ।

तर लामो दुरीको यातायात र हवाई सेवा भने बन्द छन् । निषेधाज्ञा केही खुकुलो हुन थालेपछि अब हवाई उडान पनि सुचारु गराउनुपर्ने माग हवाई क्षेत्रमा लागेकाहरुले गरेका छन् ।

उनीहरुले बारम्बार मन्त्रालयमा ताकेता गर्न थालेका छन् । लामो समयसम्म उडान बन्द हुँदा ठूलो क्षति व्यहोर्नुपरेको र कम्पनी नै धराशायी भएको भन्दै उनीहरुले उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।

हवाई सेवा सुरक्षित भएको दावी गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर सुचारु गर्न माग गरेका हुन् ।

कम्पनी बन्द गर्नुपर्ने परिस्थिति आए धेरैको रोजगारी जाने भन्दै उनले अब तत्काल उडान सुरु नभए कर्मचारी कटौतीसँगै तलब कटौती गर्नुपर्ने भन्दै सरकारलाई संचालन अनुमति दिन दवाव दिइरहेका छन् ।

वायुसेवा कम्पनी लिमिटेडले यसअघि नै असार १ देखि आन्तरिक उडान खुलाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राललाई पत्र लेखिसकेको छ ।

यसवारे निर्णय सीसीएमसी गर्ने भएकाले मन्त्रालयले सो पत्र उतै पठाएको छ । आन्तरिक वायु सेवा कम्पनीले सीसीएमसीले पालना गर्न भनेको सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान भर्न तयार रहेको जनाएको छ ।

मन्त्रालयले सीसीएमसीको सिफारिस कुरेको जनाएको छ । सीसीएमसीले सिफारिस नगर्दा सम्म मन्त्रालयले यसवारे निर्णय गर्न नसक्ने मन्त्रालयका अधिकारीको भनाई छ ।

ड्युटीको अन्तिम दिन हृदयघातबाट सेनाका उपसेनानी दिनेशराज पन्तको निधन

लेफ्टिनेन्ट (उपसेनानी) दिनेशराज पन्तको निधन भएको छ । भद्रकालीस्थित सैनिक कल्याणकारी कोषमा कार्यरत पन्तको हृदयघातका कारण आज बिहान निधन भएको सैनिक स्रोतले बतायो ।

स्रोतका अनुसार एक महिना पछि अवकासमा जान लागेका पन्त भोलीदेखि बिदामा बस्ने तयारीमा थिए । भोलीदेखि बिदामा बस्ने तयारी गरेका पन्त आज अन्तिम दिनको ड्युटीमा थिए । पन्त नेपाली सेनाभित्र इमान्दार र कर्तब्यनिष्ठ अफिसरको रुपमा गनिन्छन ।

यो पनि , आगामी आवका लागि कामपाको नीतिकार्यक्रम असार ३ मा
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीबार प्रस्तुत गर्ने भएको छ । चालु आवमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने कार्य मुख्यरूपमा समेटिएका छन् ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, “चालु आवमा सञ्चालनमा रहेका तर विभिन्न कारणले गर्दा पूरा हुन नसकेका आयोजना पूरा गर्ने विषय पनि नीति कार्यक्रमको मुख्य विषय रहेको छ ।

त्यसैगरी कोरोनाले गर्दा आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पर्न गएको समस्यालाई सहजीकरण गर्ने कार्य पनि प्रमुखरूपमा कार्यक्रममा समावेश भएको छ ।

असार ३ गते नीति कार्यक्रम ल्याउनका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ६१औँ कार्यपालिका बैठक सम्पन्न भइसकेको छ ।

प्रमुख शाक्यले आउँदो वर्षका लागि गर्नुपर्ने कामलाई योजनाका रूपमा सङ्कलन गरी वडा समितिका बैठकबाट प्राथमिकीकरण गरेर पठाउन ३२ वटै वडाका वडाध्यक्षलाई आग्रह गर्नुभएको छ ।

चालु आवमा पनि कोरोना महामारी रहेकाले नीति कार्यक्रम र बजेट नै महामारी नियन्त्रण र यसले पारेको समस्या समाधानमा केन्द्रित रहेको थियो ।चालु आवका लागि कामपाले रु १५ अर्ब ५० करोडको बजेट विनियोजन गरेको थियो ।

सोमध्ये भौतिक पूर्वाधार क्षेत्रमा रु तीन अर्ब ९५ करोड रहेको थियो । अहिलेसम्ममा पूर्वाधार क्षेत्रको २५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button