पोखराबाट पक्राउ ‘गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामा पक्राउ परेको केहि घण्टामै खुल्यो यस्तो रहस्य, यति ठुलो रहेछ प्लान

‘गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामालाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ ।

गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई भेट्न आएको भन्दै सोधपुछका लागि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । निषेधाज्ञाका बेला पोखरा किन आए भन्ने खुलेको छैन ।

लेकसाइडको एक होटलमा बसेका लामालाई पछि अर्को रेष्टुरेन्टमा गएका बेला दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत लिने भएपछि बिहानैबाट मनाङ्गे सम्पर्कविहीन बनेको थिए । उनले त्यसअघि मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, उनी बिहीबारको मतदानमै सहभागी भएनन् ।

यसअघि भने मुख्यमन्त्री गुरुङको पक्षमा उभिएका मनाङ्गेलाई गणेश लामाले विपक्षमा मतदान गर्न फोर्स गरेको बुझिएको छ । लामा र मनाङ्गेबीच बुधबार साँझ लेकसाइडको एक होटलमा भेट भएको प्रहरीको भनाइ छ । सो भेटपछि नै मनाङ्गेले विपक्षमा मतदान गर्ने धारणा बनाएको बताइएको छ ।

सोही बिषयमा सोधपुछका लागि लामालाई प्रहरीले पक्राउ गरेको हो । अहिले लामालाई इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

फेरी काठमाडौं उपत्यकावासीले नपाउने भए यो सुविधा

काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो ।

समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ ।

ती नदी किनारमा नजाने र जानै परेमा विशेष साबधानी अपनाएर जान भनिएको छ ।

सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ । सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ । वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्ने छ ।

आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरेको थियो । परीक्षण शुरु भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गत वैशाख ६ देखि नै उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button