बाबुले मम्मी खोई भन्दा के जवाफ दिऊ ? नवौँ दिनको दिन बिहान अति नै गाह्रो भएपछि भेन्टिलेटरमा राखियो तर…

काठमाडौँ । पत्नीवियोगमा पर्नुभएका राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीलाई अब छोरालाई मम्मीबारे के जवाफ दिने भन्ने चिन्ताले सताएको छ ।

श्रीमती कुशुम दर्लामीको निधन भएको तेस्रो दिन शुक्रबार सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै दर्लामीले बच्चालाई आमाको बारेमा कसरी जवाफ दिने भन्ने चिन्ताले सताएको बताउनुभएको छ ।

उहाँहरूका ८/९ वर्षका छोरा छन् । अध्यक्ष दर्लामी आफैँ पनि कोरोनाबाट सङ्क्रमित हुनुहुन्छ । आफ्नो स्वास्थ्यको पर्वाह नगरी श्रीमतीको उपचारमा खटिनुभएको थियो ।

गत जेठ १० गतेदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला रक्तिम सांस्कृतिक अभियान पाल्पाका उपाध्यक्ष कुशुमको जेठ १८ गते साँझ निधन भएको हो ।

सामाजिक सञ्जाल फेशबुकमा बिशालले लेख्नुभएको छ– “‘तिम्रो उपचारको लागि हिँड्दै गर्दा म तङ्ग्रिदै थिएँ । खोकी लागिरहेकाले औषधि खाँदै थिएँ । तर तिम्रो स्वास्थ्यमा समस्या आएपछि मेरो समस्या गौण हुनु स्वाभाविक थियो ।

लुम्बिनी मेडिकल कलेज पाल्पामा गरिएको पेटको भिडिओ सिटी र एमआरआई पछि डाक्टरले प्याङक्रियाजको समस्या रहेको भन्दै थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन रिफर गर्यो । त्यहाँ पुगेपछि ज्वरो आउन सुरु भयो ।

पछि प्रेसर पनि कम भएपछि इमरजेन्सीमा भर्ना गरी नसाबाट औषधि सुरु गरियो, तर पनि ज्वरो आई नै रह्यो ।

भोलिपल्ट पिसिआर टेस्ट गर्दा कोभिड पोजेटिभ देखियो । त्यसपछि कोभिड वार्डमा भर्ना गरी उपचार सुरु गरियो । सुरुका तीन दिनसम्म श्वासप्रश्वासमा समस्या थिएन ।

त्यसपछि चौथो दिनमा अक्सिजन लेबल कम भएपछि एचडियु वार्डमा सिफ्ट गरी उपचार सुरु गरियो । तर पनि समस्या बढ्दै गयो । अर्को दिन आइसियुमा सिफ्ट गरी हाइफ्लो अक्सिजन दिन सुरु गरियो । तर पनि अक्सिजनको लेबल मेन्टेन हुन सकेन ।

नवौँ दिनको दिन बिहान अति नै गाह्रो भएपछि डक्टरको सल्लाहअनुसार भेन्टिलेटर सुरु गरियो । तर यी सबै प्रयास असफल भए । पछिल्ला दुई दिन तिम्रो त्यो पीडा र छट्पटी कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ ।

तिम्रो जीवनमा रक्तसञ्चार गराइरहनका लागि सबै प्रकारका प्रयास गरियो । तर ती सबै प्रयास असफल भए र अन्ततः तिमीले यो संसारबाट भौतिक रूपमा बिदा लिनैपर्यो ।

प्लास्टिकमा बेरिएको तिम्रो पार्थिव शरीरलाई बोकेर अन्तिम बिदाइपछि अहिले पुनः म होम आइसोलेसनमा पीडाबोधका साथ समय गुजारिरहेको छु । प्रत्येक पल तिनै यादहरूले घोचिरहेको छ । पोलिरहेको छ ।

तर पनि आफूलाई सम्हाल्ने कोसिस गरिरहेको छु । बाबुले मम्मी खोई भनेर सोध्दा के भनेर जवाफ दिने ? त्यो अर्को झन् ठुलो पीडा थपिएको छ । अस्पताल बसाइभरि पारिवारिक कुरा हुन सम्भव भएन । तिमीसँगको बिछोडको पीडामा मम्हम लगाउँदै ।”

कोभिड-१९ को डरले बेसार, मेथी, भिटामिन डी लगायतका औषधिको सेवनबाट निम्तिएको अर्को जटिल समस्या

पछिल्ला केही महिनामा किन यति धेरै यस्ता साइड इफेक्ट भएका बिरामी आइरहेका छन् भनेर गरिएको सर्वेक्षणमा कोभिड-१९ लाग्ने ड र ले मानिसहरूले सामाजिक सञ्जालमा आएका विभिन्न अफवाहको विश्वास गरी भिटामिन डीले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै यसका विभिन्न औषधि अत्यधिक सेवन गर्न थाले जसका कारण यसले साइड-इफेक्ट निम्त्यायो र मानिसमा अन्य रोगको जोखिम बढाएकाे पाइयो।

‘कोभिड-१९ बाट बँच्न भिटामिन डीले धेरै सहयोग पुर्‍याउनुका साथै कोभिडविरूद्धको रोग प्रतिरोधात्मक क्षमता अत्यधिक अभिवृद्धि गर्छ भन्ने अफवाह सामाजिक सञ्जालमा देखेपछि मसँग उपचार गर्न आएका एक बिरामीले हप्तामा एकपटक खानुपर्ने भिटामिन डीको औषधि दैनिक रूपमा सेवन गर्न थाल्नुभएछ’ डा लाथियाले भनिन्।

भिटामिन डी को अत्यधिक प्रयोगबाट ब्लड र युरिन क्याल्सियमको मात्रा बढ्न थाल्छ, जसले गर्दा टाउको दुख्ने, वान्ता हुने, डिहाइड्रेसन, चक्कर आउनेजस्ता अन्य धेरै असरहरू देखिन्छन्। ‘

रगतमा भिटामिन डी को मात्रा १५० नानोग्राम पर मिलिलिटरभन्दा बढी भयो भने विषाक्तता हुन्छ र यसले विभिन्न असर देखाउन थाल्छ। मसँग आएका ती बिरामीको रगतमा भिटामिन डीको मात्रा ३४८ नानोग्राम पर मिलिलिटर थियो। भाग्यवश भनौं उनलाई त्यस्तो नराम्रा असर देखिएनन्।’ उनले भनिन्।

उनका अनुसार पछिल्लो समय आएका कोभिड-१९ बाहेकका सबै बिरामीहरू यस्तै अफवाहका पछि लागेर यस्तै वा अन्य प्रकारका औषधिको मात्रा नमिलाई खाएर अस्पताल आएकाहरू छन्।

‘मैले प्रायः सबै बिरामीबाट इम्युनिटी बढाउने ‍विभिन्न औषधिको बारेमा सुन्दै आएकी छु’ उनले भनिन्, ‘रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि अत्यधिक प्रयोग भएकामध्ये घरमा बनाइएको काढा, जिंक, भिटामिन सी, भिटामिन डी र होमोप्याथिक अर्सेनिकम आल्बुमजस्ता औषधिहरू रहेका छन्।’

बिरामीका यस्ता समस्या सुन्ने डा लाथियाका मात्र होइनन्। देशभरि नै मानिसहरू यस्ता अफवाहको पछि लाग्ने गरेका छन्। सामाजिक सञ्जालमा देखेको भरमा बेसार, मेथी, घ्युकुमारीको जुस र भिटामिन डीलगायतका औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन्।

‘मसँगै काम गर्न साथी र मसँग यस्ता धेरै किसिमका बिरामीहरू आउने गरेका छन्, जोमध्ये धेरैले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने भन्दै विभिन्न औषधिहरूको प्रयोग विज्ञको सल्लाहबिना नै प्रयोग गर्ने गरेका छन्’ केरलास्थित कोसिन ग्यास्ट्रोइन्टेरोलोजी ग्रुपका हेपाटोलोजी तथा लिभर ट्रान्सप्लान्ट मेडिसिनका विशेषज्ञ डा क्रायक एबी फिलिप्सले भने।

‘यसको एउटा कारण भनेको मानिसहरूले कोभिड-१९ संक्रमितसँगको सम्पर्कपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधिको प्रयोग गर्नु हो’ डा फिलिप्स भन्छन्, ‘सामाजिक सञ्जालमा फैलिएका केही सरकारद्वारा समेत समर्थित तथ्यहीन अफवाहका पछि लागेर मानिसहरूले आफ्नो दैनिक जीवनमा यस्ता अस्वस्थ वस्तु प्रयोग गरिरहेका छन्।

जसको फलस्वरूप मानिसमा विभिन्न रोगहरू देखापर्न थालेका छन्।’

सरकारमा भएका व्यक्तिले नै यस्ता कुराको समर्थन गर्नाले र मानिसहरूलाई यस्ता कुरा प्रयोग गर्न भनिदिने तर यसको मात्रा र कस्ता मानिसले यस्ता औषधिको प्रयोग गर्नुहुँदैन भनेर नभनिदिँदा धेरैलाई समस्या परिरहेका डाक्टरहरू बताउने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button