यिनै हुन् महान युबक जसले आफ्नो ज्यानको माया मारेर यसरी बचाए संक्रमितको ज्यान

काठमाडौ । महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टले धेरै नागरिकको नि’ध’न भएको छ । पछिल्लो समय शहरहरुमा संक्रमितको संख्या खट्दै गएपनि अहिले ग्रामिण क्षेत्रमा संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्थांकले देखाएको छ ।

स्वास्थ्य सामग्री र साधनको अभाव भएको ग्रामीण क्षेत्रमा उपचार नपाएर संक्रमितको ज्यान जोखिममा पर्ने खतरा छ । यस्तोमा केही सामाजिक अभियन्ता ग्रामीण भेगमा सक्रिय भएका छन् । केही दिन यताको लगातार बर्षाका कारण आएको बाढी पहिरोले ग्रामिण सडक भत्किएका छन् ।

एम्बुलेन्स जाने अवस्था नभएपछि स्थानिय एक युवाले जुक्ती निकालेका छन् । उनले आफ्नो ब्यक्तिगत मोटरसाइकललाई एम्बुलेन्स बनाएर आफै संक्रमितको उद्दारमा जुटेका छन् ।

बर्षाका कारण विगत तीन दिनदेखि धादिङको बेनीघाट रोराङ १० जयपुरीमा एम्बुलेन्स जान सकेन । संक्रमित उपचार नपाएर ज्यान जोखिममा पर्ने अवस्था भएपछि युवाले मोटरसाइकललाई नै एम्बुलेन्स बनाएका हुन् ।

यस्तो काम गर्ने युवाको अहिले सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ । जयपुरीमा रहेका २ जना संक्रमितलाई युवाले अस्पताल लगिदिएका छन् । युवाले मोटरसाइकल मार्फत चौकीटार सम्म पु–याइदिएका छन् ।

फेरी अर्का चर्चित गायिकाले पनि छोडिन् संसार, सांगितिक क्षेत्रमा ठूलो क्षती

संक्रमित भएर उपचारार्थ रहेकी गायिका लासिमित राईको निधन भएको छ । संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत उनको निधनवारे सार्वजनिक गरेका छन् । राईको श्रीमानको पनि केही समय अघि मात्र निधन भएको थियो ।

‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।’

गायक अशोक मुकारुङले गायिका राईको निधन को रो नाका कारण भएको बताएका छन् । ‘नआउ सपना भरी’, ‘तिमीले दिएका वेदना’, ‘टुटेका मन’, ‘सधैँ भरी’, ‘कहिले हराउँदै’, ‘म मैना सरी’, ‘सुन कोशीको सङ्लो पानी’, ‘झारेको आँशु’, ‘तिम्रो माया’, ‘साउने भेलले’लगायतका गीतहरु गायिका लासिमितका लोकप्रिय छन् । यी बाहेक उनका थुप्र गीत सांगीतिक बजारमा आएका छन् ।

गायक अशोक मुकारुङले सोसल मिडिया फेसबुकमार्फत् गायिका राईको कोरोनाका कारण निधन भएको जानकारी गराएका हुन् । गायक मुकारुङले गायिका राईको निधनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आवाजको अन्त्य बहुचर्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धाञ्जलि, हजुरको बैकुन्ठमा बास होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button