नेपाली सेनाका जर्नेल दिनेश केसीको निधन

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सेनाको छाउनिस्थित सैनिक अस्पताल उपचाररत उनको बिहीबार बिहान निधन भएको सेनाले जनाएको छ ।

केसी सेनाको १३ नम्बर बाहिनीका बाहिनीपती थिए । उनको एक महिनादेखी उपचार जारी थियो ।

केसी केही महिनाअघि मात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर नेपाल फर्किएका थिए । काठमाडौंको न्युरोड घर भएका केसीका श्रीमती र दुई छोरी छन्।

केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दु:ख व्यक्त गरेका छन् । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुन्।

महामारी नियन्त्रणका लागि चिनले नेपाललाई दियो यी चार सुझाव

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच छलफल भएको हो ।

नेपालका नेताले चीनको सहयोगका लागि ‘धन्यवाद’ दिँदै थप सहयोग अपेक्षा गरेका छन् । चीनले कोरोना महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै नेपालका नेताले स्वास्थ्य सामग्री सहयोग आशा गरेका छन् ।

‘महामारीविरुद्ध संयुक्त संघर्ष तथा जनजीवन रक्षा, नेपाल–चीन राजनीतिक पार्टीबीच महामारीविरुद्ध संयुक्त लडाइँ’ विषयक बैठकमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले ‘कोरोना महामारी विश्वव्यापी संकट भएको’ बताउँदै ‘सबै मुलुक मिलेर सामना गर्नुपर्ने चिनियाँ धारणा रहेको’ बताए ।

जनताको सुरक्षा र स्वास्थ्य विशेष ध्यान दिने पार्टीको नीति रहेको पनि उनले सुनाए । नेपालका नेताले पहिलो प्राथमिकता जनतालाई महत्व दिनुपर्ने सुझाव उनले दिएका छन् ।

सोङ थाओले महामारी नियन्त्रणका लागि चार उपाय सुझाएका छन् । पार्टी नेतृत्वमा जनजीवन प्राथमिकतामा राख्नुपर्ने, चुनौती सामना गर्न एकीकृत समन्वय, मनमन जोडेर शक्तिसाथ जुट्नुपर्ने र दृढ योजना अघि सार्न सके कोरोनालाई जित्न सकिने सुझाव दिएका छन् । उनले चिनियाँ पार्टीका तर्फबाट नेपाललाई सहयोग उपलब्ध गराउने घोषणासमेत गरे ।

‘चीन सरकारले यसअघि पनि सहयोग उपलब्ध गराउँदै आएको छ, चिनियाँ कम्युनिस्ट पार्टी थप सहयोग गर्न चाहन्छौं,’ उनले भने, ‘अहिले हामी सयवटा अक्सिजन कन्सन्ट्रेटर्स र ६ लाख एन मास्क उपलब्ध गराउँछौं ।’

संकटका बेलामा नेपालका नेताले आपसी मतभेद गर्न नहुने र कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न पनि उनले सुझाव दिएका छन् ।

एमालेका नेता तथा पूर्व सांसद शर्माको निधन

नेकपा   रत्न प्रसाद शर्मा न्यौपानेको निधन भएको छ । शर्माको गएराति उपचारका क्रममा निधन भएको हो । संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेलाई निमोनियाँले सताएपछि उनको निधन भएको ।

अत्यन्तै सरल स्वभावका न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा निर्वाचित भएका थिए । हाल उनी एमाले कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।

उनको निधन संगै पर्यटनमन्त्री भानुभक्त ढकालले जाजरकाेटको एउटा उदाउँदो नक्षत्र, प्रिय नेता, पूर्व सांसद कमरेड रत्नप्रसाद शर्मा न्याैपानेकाे असामयिक निधन भएकोमा आफू स्तब्ध छु भन्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिराे समवेदना व्यक्त गरेका छन् ।

उनले नेपाल सरकार तथा प्रदेश सरकारले आ.व.२०७७/७८ को बजेटमा नेपाल-भारत सिमाना (१८८० किलोमीटर) कंक्रीट पर्खाल बनाउने कार्यक्रम ल्याउनु पर्ने धारणा राखेका थिए ।

पर्खाल बनाउंदा दीर्घकालिन पनि हुने, केही मानिसहरूले काम पाउने, रोजगारी हुने, देशको स्वरोजगार बजेट सदुपयोग हुने, छिमेकीको बारम्बारको तनाव सदाको लागि मुक्त हुने उनको राय थियो ।

त्यस्तै नेता योगेश भट्टराईले पनि सामाजिक संजालमा दुख प्रकट गरेका छन् । उनले लेखेका छन्, दुःखद खबर नेकपा एमाले जांजरकोट जिल्लाका अगुवा नेता पूर्व संसद कमरेड रत्न शर्मा रहनु भएन भावपूर्ण श्रद्धान्जली ! परिवारजनमा हार्दिक समवेदना !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button