
लिफ्टमा अचानक टा उको चे’पि एपछी १९ वर्षीय युवकको भयो यस्तो हालत
लिफ्टमा टा’उकाे चे’पि’एर सुनसरीमा एक जना युवाकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ । सुनसरी जिल्लाकाे दुहबी नगरपालिका ८ फुटानी चोक स्थित पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुरका १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चे पि एर मृत्यु भएको हाे ।

मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तलामाथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टा उको चे पि ए र मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

यो पनि, पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने
पर्यटकीय नगरी पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ । फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री विकास लम्सालले सोमबार एक जोडी रतुवा मृग छाड्नुभएको हो ।
तनहुँ जिल्लाबाट उद्धार गरिएको डेढ वर्षको पोथी र लगभग सात वर्षको भाले उक्त जोडी रतुवा मृग लेखनाथको पचघैयास्थित वन्यजन्तु उद्धार केन्द्रबाट ल्याइएको हो ।
डिभिजन वन कार्यालय कास्कीले रु १८ लाखको लागतमा रानीवनमा निर्माण सम्पन्न गरेको सो वन्यजन्तु उद्धार केन्द्र हालै सञ्चालमा ल्याएको हो । वन्यजन्तु उद्धार केन्द्रलाई व्यवस्थित बनाइने बताउँदै मन्त्री लम्सालले प्रदेशभित्रका विभिन्न दुर्लभ जीवजन्तुलाई संरक्षण गर्दै यहाँ आउने पर्यटकले देख्न पाउने गरी व्यवस्थित गर्दै लगिने जानकारी दिनुभयो ।
उद्धार केन्द्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसका लागि सम्बद्ध निकायले पनि उत्तिकै चासो दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।
“प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा वन्यजन्तु उद्धार केन्द्र निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ”, उहाँले भन्नुभयो, “अब प्राणी उद्धार केन्द्रमा उपचार गरिएका वन्यजन्तु बाहिर नपठाई प्रदेशभित्रै व्यवस्थापन गरिने छ ।”
मुलुकका सामुदायिक वन समूहलाई समेत विभिन्न वन्यजन्तुको प्रजनन्स्थलका रूपमा विकास गरिने तयारी भइरहेको भन्दै उहाँले वन्यजन्तुलाई घेराभित्र नभई प्राकृतिकरूपमै प्रजनन तथा हुर्कने वातावरण बनाउँदै वन वातावरणको संरक्षणसँगै पर्यापर्यटन विकासमा जोड दिइने बताउनुभयो ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले वन तथा वन्यजन्तु संरक्षणका लागि आवश्यक पूर्वाधार, प्रविधि एवं जनशक्तिको अभाव रहेको बताउँदै आवश्यक व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
उक्त स्थानमा स्थापित नर्सरीमा विभिन्न जातका ३० हजार बिरुवा उत्पादन भइरहेको बताउँदै उहाँले रु चार लाखको लागतमा वन रक्षाका लागि निर्माण गरिएका जीर्ण भवनको मर्मत गरिएको जानकारी दिनुभयो ।
पचघैया प्राणी उद्धार केन्द्रका व्यवस्थापक विनय अधिकारीका अनुसार उद्धार केन्द्रमा हाल १५ वटा रतुवा मृगसहित चरिबाघ, वन बिरोलो, हुचिल, गिद्ध नीलगाई, स्याल, पानी र सुक्खामा पाइने कछुवालगायतका विभिन्न १८ प्रजातिका वन्यजन्तु रहेका छन् । केन्द्रमा घाइते वन्यजन्तुको उद्धारका लागि एउटा एम्बुलेन्ससमेत व्यवस्था गरिएको छ ।
भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा भीषण आगलागी, चालक दलका २५ जना थिए
भारतबाट सिंगापुर जाँदै गरेको एउटा पानीजहाजमा भीषण आगलागी भएको छ । श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको ‘एमभी एक्स-प्रेस पर्ल’ मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ ।
श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ ।
भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो । २५ टन ना’इट्रिक ए’सिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो । त्यसपछि उक्त जहाजले कोलम्बो पोर्टमा रोकिन खोजेको थियो ।
जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए । तीमध्ये दुई जना घाइते भएका छन् । आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालेको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ ।
श्रीलंकाका अधिकारीहरूले नेदरल्यान्डस् र बेल्जियमका विज्ञहरूले उक्त पानीजहाजको सुपरीवेक्षण गरिरहेको र भारतले पनि आगो निभाउन जहाज पठाउने प्रतिवद्धता जनाएको जानकारी दिएका छन् ।



