आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद, मास्क नलगाई हिड्नेलाई पनि जरिवाना

निषेधाज्ञाको पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय हुन सक्ने बताएको हो ।

प्रशासनले जारी गरेको सूचनामा अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत जनाइएको छ ।

यसै गरि अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने छ

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ जरिवाना हुने बताइएको छ ।

अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनले जनाएको छ ।

यसै गरि त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने छन् । अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनाको लागि सम्म बन्द गर्न आदेश दिन सक्ने जारी सूचनामा उल्लेख छ ।

गर्मी भएर तीन वर्षकी छोरी लिएर आँगनमा बसेकी थिइन् चन्द्रा, एकै छिनमा भयो दुवै जनाको मृत्यु

बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीले आमाछोरीको ज्यान लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले आमा छोरीको ज्यान लिएको हो ।

सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको थियो । गम्भिर घाइते भएकी उनकी तीन बर्षीया छोरी दिपिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

गर्मी भएका कारण सोमबार साँझउनीहरु घर बाहिर बसेका थिए । त्यही बेलामा आएको हात्तीले आ क्र म ण गरेको गेरुवा गाउँपालिका वडा नं १ का वडाध्यक्ष दयाराम थारुले बताए । उपचारका लागि लैजादै गर्दा ३ वर्षकी छोरीको मृत्यु भएको थियो ।

गर्मीका कारण घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजेतिर हात्तीले ज्यान लिएको हो । इलाका प्रहरी कार्यालय शान्तिबजार र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठसहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ ।

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याइने

कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ ।

मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको हो ।

मुख्य सचिव वैरागीकै निर्देशनअनुसार कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै कोभिड रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति अख्तियार गरी नीतिगत सुधारमा समेत जोड दिँदै आएको प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

सोहीअनुसार परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेको छ । यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत समन्वय भइरहेको छ ।

यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउनसमेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार १ सय थपसहित हालसम्म देशभर ३ हजार २ सय क्वारेन्टिन बेडको व्यवस्था गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट तीनवटा कार्गो विमानद्वारा केही दिनभित्रै स्वास्थ्य सामग्री ५ लाख ¥यापिड डाइग्नोस्टिक टेस्ट, ५ लाख सर्जिकल मास्क, ९ लाख ६२ हजार केएन ९५ मास्क, ५० हजार फेस सिल्ड, २६ सय बढी ब्याग, १४ लाख गाउन, ५० हजार गगल्स नेपाल आउने भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ 

अब पादबाट पनि फैलिन सक्छ कोरोना

कोरोना भाइरस कसरी फैलिन्छ, अनुसन्धान अझै जारी छ । शरीर भित्र प्रवेश गर्ने प्रमुख माध्यममा हात, मुख, नाक र आँखा हो भन्ने त करिब तय भइसकेको छ तर यसको स्रोत के के हुन सक्छ, यसमा नयाँ नयाँ तथ्य बाहिर आइरहेका छन् ।

हालै एक अध्ययनले पादबाट पनि कोरोना भाइरस फैलिन सक्ने देखाएको छ । यद्यपी यसलाई लिएर केही विज्ञहरु त्यति चिन्तित देखिएका छैनन् र यसतो पनि हुन सक्छ भन्नेमा धेरैले आशंका रहेको छ ।

तर सामाजिक सन्जालमा भने ब्यापक चर्चा पाइरहेको कोरोनाको यो स्वभावको सम्भावनालाई अस्विकार गर्न पनि नसकिने स्थिति छ । यो सम्पुर्ण चर्चाको शुरु अष्ट्रेलियाका एक डाक्टरको केही टिप्पणी सामाजिक सन्जालमा आएपछि भएको हो ।

अष्ट्रेलियकाका डाक्टर एन्डी ट्यागले गरेका केही परिक्षणमा कोरोना भाइरसका ५५ प्रतिशत विरामीको दिशामा उक्त भाइ’रस भेटिएको छ । चिकित्सकिय सोधमा पहिला पनि पादमा दिशाका ससाना अंश हुन सक्ने र यसको माध्यमबाट ब्याक्टेरिया फैलिन पनि सक्ने चेतावनी दिइसकेको छ । यद्यपी पादका माध्यमबाट कसरी भा’इरस फैलिन सक्छ , यसलाई लिएर थप अनुसन्धानको आवश्यक भएको उनले बताए ।

अर्को तर्फ विज्ञहरु यसको सम्भावना नभए सरह भएको बताउँछन् । यसतो हुने भनेको जब कसैले पाद गर्दा अर्को ब्यक्ती अत्यन्त नजिक हुनु पर्ने छ । बीचमा कुनै न कुनै कपडा हुनुले ड्रपलेट्स बाहिर फैलिनु लगभग असम्भव हो ।

यद्यपी दिशामा भा’इरस हुन सक्ने तथ्यलाई अस्विकार गर्न नसक्ने बताइएको छ ।

त्यसैले ट्वाइलेटको सफा सुघरमा अत्यन्त ध्यान दिन आवश्यक छ । कयौं संक्र’मणमा केही विरामीमा सुरुमा पखाला लागेको र त्यसपछि मात्र कोरो’नाका अन्य लक्षण देखिएका छन् । त्यसकारण सावधान हुनु राम्रो हो ।

कोरानो भा’इरस फैलिने सामान्य तरीका भनेको हाछ्युं गर्दा र खोकीबाट निस्कने ससाना थोपालाए नै मनिएको छ। मुख र नाकबाट निस्कने साना ती थोपाका माध्यमबाट भाइरस बाहिर आउन सक्छ ।

त्यसपछि कुनै ब्यक्तीसँगको सिधा सम्पर्कबाट पनि यो फैलिन सक्छ । संक्रमित हातबाट कुनै बस्तु छुँदा पनि भाइरस केही समय ती बस्तुमा रहन सक्छ र त्यहाँबाट अन्य ब्यक्ती त्यसको सम्पर्कमा आउन सक्छ ।
एजेन्सी/नेपालसमाचारपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button