गोरखामा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–१ माथिल्लो भिरसिङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरको कम्पाउण्ड निर्माणमा खटिएका दुई मजदुरको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

पर्खाल निर्माणका लागि जग खन्ने क्रममा सोमबार माटोको ढिस्कोले पुरिँदा ४८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भिम बहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवै सोही ठाउँका स्थानीय हुन् ।

‘घरमा पर्खाल लगाउन भनेर जग खन्दै रहेछन्, त्यहीबेला माथिबाट माटोको ढिस्को खसेर उनीहरुलाई पुरेको रहेछ,’ डीएसपी प्रकाश दाहालले भने, ‘उद्धार गरेर उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो, तर साँझ करिब सात बजे उनीहरुको मृत्यु भयो ।’ उनीहरुको शव पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।

पर्खाल लगाउने क्रममा माटोले पुरिँदा उनीहरुको मृत्यु भएको गुरुङले पनि बताएका छन् । ‘घर पछाडि बर्खाको भेलले खोलेर खाल्डो बनाएको थियो, त्यहीँ टेवा पर्खाल लगाउन जग खन्ने काम हुँदै थियो, त्यही बेला माथिबाट माटोको ढिस्को खसेर उनीहरुलाइ पुर्‍यो,’ गुरुङले भने ।

काठमाडौं उपत्यकामा संक्रमण घट्दो, बाहिर बढ्दो

दैनिक थपिने कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा घट्दै गर्दा बाहिर भनेको बढेको छ ।

जेठ पहिलो साताको तथ्यांकले उपत्यकामा संक्रमण दर क्रमशः घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ १ गते काठमाडौं उपत्यकामा २८८२ जनामा संक्रमण देखिएको छ भने साताको अन्तिम दिन जेठ ७ गते २४४७ जनामा संक्रमण देखिएको छ । संख्यात्मक हिसाबले तुलना गर्ने हो भने जेठ ३ र ६ गतेबाहेक काठमाडौं उपत्यकामा संक्रमण घटेको देखाउँछ । तथ्यांक अनुसार जेठ ३ गते ३२१३ र ३२३२ संक्रमित थपिएका छन् ।

उपत्यका भन्दा बाहिरका जिल्लामा भने संक्रमण बढ्दो छ । उपत्यका बाहिर संक्रमण बढ्नुले गाउँगाउँमा संक्रमण फैलिरहेको अवस्थालाई देखाउने डा. पौडेल बताउँछन् ।

कोरोना महामारीको दोस्रो लहरको सबैभन्दा अप्ठ्यारा साता चैत महिनाको अन्तिम सातायता देखिएको उनले बताए । ‘यी दिनहरुमा द्रुत दरमा संक्रमण बढेको देखिन्छ,’ डा. पौडेलले भने, ‘हाम्रो उपचारात्मक प्रणाली विशेष गरी अस्पतालहरु, अस्पतालका शय्याहरु, अक्सिजन, आईसीयू र भेन्टिलेटरका लागि ठूलो माग रह्यो ।’

यो समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या ९ हजारभन्दा बढी थियो । जेठको पहिलो साता थोरै मात्रामा परीक्षण बढ्दा पनि दैनिक ८ हजारको हाराहारीमा संक्रमण भेटिएका छन् । आइतबार भने ७ हजार ९१४ संक्रमित भेटिए ।

डा. पौडेलका अनुसार दोस्रो लहरमा युवा उमेर समूहका व्यक्तिहरु संख्यात्मक रुपमा बढी प्रभावित भएका छन् । संक्रमण भएका मध्ये धेरैलाई अक्सिजन दिएर अस्पतालमा भर्ना गर्नुपर्दा उपचार प्रणालीलाई थेग्न हम्मेहम्मे परेको उनले बताए ।

मृत्युलाई तुलना गर्दा पनि यो लहरमा पनि ६० वर्ष भन्दा कम उमेर समूहका व्यक्तिहरुको बढी मृत्यु भएको उनले बताए ।

सबैभन्दा बढी प्रभावित काठमाडौं

गत साताको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी प्रभावित काठमाडौं जिल्ला रहेको छ । काठमाडौमा ६८ हजार ९२६ जना संक्रमित भेटिँदा रुपन्देहीमा १४ हजार ८२७ संक्रमण पुष्टि भएका छन् ।

ललितपुरमा १२९०३, बाँकेमा ११०९६, भक्तपुरमा ८१६३, मोरङमा ७९५७, कास्कीमा ७५२७, कैलालीमा ६५४५, दाङमा ६०८४ र चितवनमा ५१११ संक्रमित पुष्टि भएका छन् ।

प्रत्येक प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन

सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन पठाउने भएको छ ।

डा. पौडेलका अनुसार प्रदेश १ मा एकलाख, प्रदेश २ मा दुई लाख, बागमती प्रदेशमा एकलाख, काठमाडौंमा थप एकला, भक्तपुर र ललितपुरमा ५०/५० हजार, लुम्बिनी प्रदेशमा दुई लाख, गण्डकी प्रदेशमा डेढ लाख, कर्णाली प्रदेशमा एकलाख ५० हजार र सुदूरपश्चिम प्रदेशमा दुई लाख एन्टिजेन पठाइने छ ।

एन्टिजेनको सही सदुपयोग र कन्ट्याक्ट ट्रेसिङ लगायतका आवश्यक पर्ने स्थानहरुमा सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालय, मेडिकल स्टार, जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा टोलटोलमा समयमै एन्टिजेन परीक्षण गर्ने योजना रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button