
ब्यवसायी दुर्गा प्रसाईको कहाँ बाट यस्तो अडियो सार्वजनिक भयो ?
बेलाबेलामा विवादमा आइरहने ब्यवसायी दुर्गा प्रसाई फेरी एक पटक विवादमा आएका छन् । उनले डा। गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई ध म्की दिएको अडियो सार्वजनिक भएको छ ।

जसमा उनले आ क्र म ण गर्ने धम्की दिएको सुनिन्छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि पटक पटक अनशन बसेकाडा हन् गोबिन्द केसी । अहिले उनी नेपाल बाहिर छन् ।

यद्धपी उनले प्रसाईको मेडिकल कलेजलाई पनि सरकारले सम्बन्धन दिन लागेको भन्दै विदेशवाटै विज्ञप्ती जारी गरी विरोध गरेका थिए । आफ्नो कलेजलाई सम्बन्धन दिन लाग्दा विरोध भएपछि रिसाएका प्रसाईले डा केसीका मिडिया संयोजकलाई ध म्की पूर्ण भाषा प्रयोग गरेका छन् । मेडिकल माफियाका रुपमा परिचित व्यवसायी प्रसाईंले सुवेदीलाई धम्क्याएको अडियो मिडिया तथा सामाजिक सञ्जालमा बाहिरिएको छ।
प्रसाईं झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक हुन्। उक्त कलेजलाई काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट सम्बन्धन दिनलागेको भन्दै डा केसीले विरोध गरेका छन् ।
साह्रै निकृष्ट रुपमा प्रस्तुत भएका प्रसाईंले सुवेदीको पारिवारिक सदस्यमाथि समेत मुख छाडेको अडियोमा स्पष्ट सुनिन्छ। सुवेदीले ‘एउटा विश्वविद्यालयले ५ वटाभन्दा सम्बन्धन दिँदैन भनेर त ऐनमै छ अनि त कसरी हुन्छ ?’ भनेर प्रश्न गरेपछि प्रसाईंले एक्कासि आ क्रो शमा आएर तथानाम भनेको अडियोमा सुन्न सकिन्छ ।
ऐन, मापदण्डको सवाल उठेपछि प्रसाई रिसाएका हुन् । अडियोमा सुनिन्छ, ‘तँ धेरै नबोल भाइ’ भेटेँ भने तेरो तीन इन्ची छा’ला स’र्ने गरी हा’निदि’न्छु, साला डाँका ’ प्रसाईंको मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट सम्बन्धन दिन खोजेको भन्दै डा। केसीको अभियानले विरोध गरेको थियो।
यता सोलिडारिटी फर डा। केसीले सो घटनाको विरोध गरेको छ । सोलिडारिटी फर डा। केसी अलायन्सका संयोजक डा। जीवन क्षेत्रीले विज्ञप्ति जारी गर्दै अभियन्ता सु्वेदीमाथि कुनै भौतिक आक्रमण भए त्यसको जिम्मेवार प्रसाईं हुने स्पष्ट पारेका छन्।



