एकै घरका ४ भाइले गरे एकाएक आ त्मह त्या, अकल्पनीय घटनाले परिवारको बिजोग (भिडियो हेर्नुस्)

२७ वर्षमै म विधवा भएँ । हाँसेर बोल्दा पनि लोग्ने मरेका आइमाई पनि खुसी भएर हिँडेका भन्छन् छोराछोरीको भविष्यको लागि गिटी कुट्दै गरेकी यि महिलाको पीडा कसैले पनि कल्पना गर्न सक्दैन ।

सुर्खेत विरेन्द्रनगर नगरपालीका १० को खजुरा नजिक रहेको एक खोलामा उनले जिवन चलाउन गिटी कुट्दै छन् । माइत जाउँ भने कसले हेर्छ र रु यति धेरै छोराछोरी छन् । माइतीको अवस्था पनि उस्तै छ ।

गरेर खान पनि समाजले सजिलो संग दिँदैन । संगै गिटी कुटिरहेका ३ दिदी वहिनीहुन् । उनीहरुको जिवनमा अकल्पनिय घटना भएको छ । खजुरा निर रामखोला छ ।

खोला किनारमा रहेको झुपडीमा बस्नेहरुको जिवन चलाउने साहारा यहि खोला हो । यि दिदीबहिनीको ३ श्रीमान सहित ४ जना दाजुभाईले एकै पटक संसार छोडे । एउटै परिवारका ४ जना पुरुषले आ त्म ह त्या गरेका हुन् । उनीहरुको जिवन गायक प्रकाश सपुतले गाएको बोल माया गीतको जस्तै भएको छ ।

उनीहरु गिटी कुट्दा पनि यहि गीत गुनगुनाउँछन् । कसैले कल्पना पनि गर्न नसक्ने पीडा भोगेका उनीहरुको जिवनको संघर्षले झन मन रुवाउँछ । दिनमा करिब ४ बोरा जति गिटी बनाउँछन् । तर त्यसलाई बेच्न पनि कम समस्या छैन । आफ्नो दुख देखे भने कसैले सजिलै किनिदिन्छन् नत्र भने बेच्न पनि कठिन हुन्छ । गाडी दुर्घटना भएर श्रीमानको ३ महिना सम्म होस आएन ।

पछि होस आएपछि पनि उनको दिमागले काम गर्न छा्ड्यो । निको भएपछि पनि उनले अस्वभाविक स्वभाव देखाउन थाले । रक्सी खाएर छोराछोरी पिट्थे संधै । त्यही पनि रिक्सा चलाउन जान्थे ।

तर एक दिन फर्केर आएनन् । कतै गए होलान् भन्ने लागेको थियो । तर अर्काको घरमा मृ त फेला परे । तर तीन देवरको मुख हेरेर बसेकी थिएँ । तर मेरो त्यो भरोसा पनि टुट्यो, उनले दुख सुनाउँदा आँसु खसाइन् ।

https://youtu.be/cXenQxdldWs

जंगली च्याउ खाँद एकै घरका ९ जना सिकिस्त

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौ जना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए ।

जङ्गली च्याउ खाँदा बिरामी परेका नौ मध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौ जना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाए ।

त्यस्तै बिरामी पर्नेमा उनका छोरा महेन्द्र, वीरेन्द्र, सहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शुक्रबार रातिदेखि बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो ।

जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताए ।

च्याउ खाने सबै जनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button