
यिनै हुन् २५ वर्षीय युवा अधिवक्ता जस्ले चट् पारिदिए पूर्व माओवादी ७ नेताको मन्त्री पद
सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेका सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजको एकल इजलासले सांसद नै नरहेका व्यक्तिलाई मन्त्रीको हैसियतबाट कुनै पनि काम नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

गत वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री ओली नेतृत्वका सरकारमा रहेका तर सांसद नरहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरशंकर चौधरी, प्रभु साह, मणिचन्द्र थापा र दावा तामाङको मन्त्री पद असंवैधानिक भएको ठहर भएको हो ।

अधिवक्ता विराज थापाले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ७ मन्त्रीलाई काम नगराउन अन्तरिम आदेश दिएका हुन्।
आदेशमा भनिएको छ, “नेपालको संविधानको धारा ७८ को उपधारा १,२,३ को व्यवस्था, संविधानको मूल मर्म र भावनको विपरीत भएको देखिँदा त्यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यसरी प्रत्यर्थीहरुलाई मन्त्री बनाउन सिफारिश गरी नियुक्ति गरिएको र शपथग्रहणलगायतका कार्यहरु संविधान अनुकूल नरहेकोले मन्त्रीको हैसियतमा कुनै पनि कामकारवाही नगर्नू, गर्न नदिनू ।”

नेपालको संविधानको धारा ७८ (१) मा संघीय संसद्को सदस्य नरहेको व्यक्तिले मन्त्री पदको शपथ खाएको ६ महिनाभित्र संघीय संसद्को सदस्यता लिनुपर्ने व्यवस्था छ ।
सोही धाराको उपधारा १ बमोजिम नियुक्त मन्त्रीले ६ महिनाभित्र संसद्को सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर पुनः मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने भनिएकाले सात मन्त्रीको नियुक्ति संविधानको भावना विपरीत रहेको अदालतले ठहर गरेको छ ।
आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म सात मन्त्रीको पद स्वतः रिक्त भएको छ । सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि सात नेतादृ नेकपा(माओवादी केन्द्र)मा नफर्की नेकपा(एमाले)मा प्रवेश गरेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा शपथ लिएका थिए ।
सिन्धुपाल्चोक घर भएका २५ वर्षीय युवा अधिवक्ता विराज थापाले पूर्व माओवादीका ७ जना नेताको मन्त्री पद चट् पारिदिएका हुन् । अधिवक्ता विराज थापा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक समेत हुन् ।
उनले ल क्याम्पसबाट बीए एलएलबीको पढाइ पूरा गरेका छन् । उनी हाल भक्तपुर बस्दै आएका छन् ।
बिहेको दिन दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि ववाल मच्चियो
एक जनाको बिहे एक पटकमा एक जनासँग मात्र हुन्छ । यो सन्सार भरीकै मान्यता हो । तर कहिलेकाँही नसोचेको घटना पनि हुने गर्छ । प्रेम गरेको ब्यक्ति अर्कै मान्छेसँग बिहे गर्न जान लागेको थाहा पाएपछि भएको बवालले भारतमा अनौठो रुप लिएको छ ।
भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि ववाल मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए भने अर्का चाहिँ दुलहीको परिवारले खोजेका केटा थिए ।
ककलापुर गाउँमा दुलहीको घरमा जन्ती पुगेको थियो । दुलहीको परिवारले जन्तीको स्वागत गरेको थियो । केही समयपछि दुलहीका प्रेमी पनि जन्ती लिएर पुगे । प्रेमीलाई देखेर दुलही खुशी भइन् तर अन्य मानिस चाहिँ हतप्रभ भए ।
जन्ती लिएर आएको प्रेमी देखेपछि दुलहीले आमाबुवाले रोजेको केटासँग विवाह गर्न अस्वीकार गरिन् । झ ग डा हुन लागेपछि प्रहरीलाई खबर गरियो । प्रहरीले दुलही र उनका प्रेमीलाई हिरासतमा लियो ।
अनौठो कुरा त, दुलहीका प्रेमीको पनि अर्कै ठाउँमा विवाह हुन लागेको थियो । तीन पक्षबीच प्रहरी चौकीमा घन्टौंसम्म कुराकानी भएपछि दुलही पक्षले जन्ती लिएर आएका दुलाहालाई भैगो भने । त्यसपछि उनले तिलकमा पाएको मोटरसाइकल फर्काए ।
अनि दुलहीका प्रेमीले पनि अर्को कुरा चलेको ठाउँमा सामान फर्काए । तीनै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि प्रहरीको उपस्थितिमा दुलही र उनको प्रेमीको विवाह भयो ।



