
ओलीले बैठक राखेर यस्तो निर्णय गर्दै, आउने छ पुनः राजनीतिमा तरङ्ग
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । विहिवार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सोही कुराको जानकारी गराएका छन् ।

संसदमा ठूलो दलको हैसियतले राष्ट्रपतिवाट प्रधानमन्त्री भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर ओली सो प्रकृयामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।

संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।
प्रधानमन्त्री नियुक्त भएको एक महिना भित्र विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ । पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएका थिए।
वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।
अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गरेमा राष्ट्रपतिले त्यस्तो सांसदलाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । तर, आधार पेस नभएमा नयाँ सरकार बन्न नसकी प्रतिनिधिसभा स्वतः भंग हुनेछ र केपी ओलीकै नेतृत्वमा चुनाव घोषणा हुनेछ ।
यसै क्रममा विहिवार हेटौंडामा भएको राष्ट्रिय सभा निर्वाचनमा अन्तत डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई हराएका हुन् ।
एमालेकै माधव कुमार नेपाल समुहले सहयोग नगर्दा वादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका हुन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् ।
देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।
राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । माधव नेपाललृे नै खिमलाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।
मतभार अनुसार बादलले ४०१४ मत प्राप्त गरेका छन् । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै प्राप्त गरेका थिए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् ।
खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।
सावधान ! कोरोनाले आक्रान्त बनाएको काठमाडौंमा, कोरोनाको बाहिरियो डरलाग्दो तथ्याङ्क
नेपालमा थप ८,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण र १९० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।
मन्त्रालयका अनुसार देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २२,०८७ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। सो अवधिमा काठमाडौं जिल्लामा २,६०० जनामा तथा भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा कोभिड-१९ पुष्टि भएको हो। देशभर कोरोना संक्रमित थपिएका मध्य आधा जति काठमाण्डौ उपत्यकामा रहेका छन् जुन निकै डरलाग्दो हो ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,५४३ जना सङ्क्रमणमुक्त भएका छन्।
कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले भनीन् ।
सङ्क्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भएकाहरुले पनि पुनः परीक्षणको माग राख्दै आएकाले केही समस्या भएको छ । अहिलेसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ ।
परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ ।
कामपाको २३ वडा मध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।
कामपाका जनस्वाथ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार पछिल्लो समय कामपामा सङ्क्रण दर अत्यधिक बढेको छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था जटिल हुन सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ ।
“गत वर्षको बन्दाबन्दीमा नागरिक बढी नै सचेत थिए तर अहिले त्यो अवस्था छैन । विभिन्न बहानामा नागरिक घरबाहिर निस्किरहेको पाइन्छ, यसले जोखिम त बढाएको छ नै, नियन्त्रणका लागि कामपाले कठोर कदम चाल्नुपर्ने आवश्यता पनि देखिएको छ”, प्रमुख कुँवरले भनिन् ।
अहिले देशभरि १,१५,८०० जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण छ। यसअघि बुधवार मन्त्रालयले ८,१७३ जनामा कोरोनाभाइरस सङ्क्रमण र २४६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको पुष्टि गरेको थियो।
केही दिनदेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको मङ्गलवार पुष्टि भएसँगै त्यो भाइरसको प्रकृतिबारे मानिसहरूले चिन्ता र चासो व्यक्त गर्न थालेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको एउटा प्रयोगशालामा जीन सिक्वन्सिङ गर्दा बी.१.६१७.२ भेरिअन्ट र बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको हो। हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट पुष्टि भएको मन्त्रालयद्वारा मङ्गलवार साँझ जारी विज्ञप्तिमा उल्लेख छ।
विश्व स्वास्थ्य सङ्गठनले मे महिनामा त्यसलाई “भेरिअन्ट अफ ग्लोबल कन्सर्न” भनेर वर्गीकरण गरेको थियो। अर्थात् उसका अनुसार यो प्रकारको कोरोनाभाइरस चिन्ताको विषय हो। “भारतसँग खुला सीमा रहेको नेपालमा पछिल्लो समय तीव्र गतिमा सङ्क्रमण बढ्न थालेपछि भारतमै देखिएको भेरिअन्ट हो कि भन्ने आशङ्का थियो।”
नेपालमा पूरै जीनोम सीक्वन्सिङ गर्न सक्ने अवस्था नभएका कारण पुष्टि हुन समय लागेको उनी बताउँछन्। उक्त भेरिअन्टको प्रकृतिबारे डा. खड्काले थपे, “यो मानव शरीरमा अलि धेरै सङ्क्रामक हुनसक्छ र एन्टिबडी विकास भइसकेका मान्छेमा पनि एन्टिबडीले अलिकति कम काम गर्छ भन्ने देखिएको छ।”
“तर वास्तवमै यसको के कति प्रभाव छ भन्ने कुराको निर्क्योल हुन अझ बाँकी नै छ।” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो समय भारतमा जस्तै सङ्क्रमणदर देखिन थालेपछि जीन सीक्वन्सिङका निम्ति नमुनाहरू सङ्कलन गरियो।
“यसरी छिटो सङ्क्रमण फैलिनुमा कुन भेरिअन्ट जिम्मेवार छ भनेर हामीले सुदूरपश्चिमस्थित प्रवेशबिन्दुदेखि लिएर देशका विभिन्न ठाउँबाट नमुनाहरू सङ्कलन गरी भारत पठायौँ,” उनले भने।



