मन्त्रीले नै गुहार मागेपछि सामाजिक संजालमा भाइरल

काठमाडौ । मुलुकभरका अस्पतालमा अहिले अक्सिजनको कमि छ । उपचारका लागि भर्ना भएकाहरु पनि अक्सिजन नपाएर छटपटाएका छन् ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी मिडियामा दिएको अन्तरवार्तामा अवस्था नियन्त्रणमै रहेको भनेपछि त्यसको आलोचना पनि भयो ।

आफ्नै प्रधानमन्त्रीले भनेको त्यो भनाईलाई गलत पुष्टि गर्दै जब मन्त्री नै सामाजिक सञ्जाल मार्फत विरामीका लागि अक्सीजन माग्न थालेपछि उनी अहिले ट्रोल भएकी छन् ।

जानकी मेडिकल कलेज एण्ड हस्पिटलमा, २ जना बिरामीलाई अक्सिजन चाहियो

यस्तो ट्वीट गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोले आग्रह गरिन् । उनले आफ्नो वा परिवारका लागि यस्तो आग्रह गरेकी भने होइनन् ।

अस्पतालमा अक्सिजन नपाएर छटपटाएका बिरामीका आफन्तले मन्त्रीलाई फोन गरेर अक्सिजन मिलाईदिन आग्रह गरेपछि मन्त्री आफै अक्सिजन खोज्न लागेकी हुन् । अहिले उनको यो ट्वीट भाइरल भइरहेको छ ।

मन्त्रीले नै अक्सिजनको अभाव पुष्टि हुने गरी गुहार लगाउन थालेको भन्दै उनलाई ट्रोल बनाइएको हो । मन्त्रीले नै यसरी अक्सीजन खोज्दै सिडियो लगायतलाई फोन गरेपछि ति आफन्तको ज्यान बाँचेको छ ।

अञ्चल अस्पताल जनकपुरमा छट्पटाइरहेका एक विरामीका आफन्तबाट मन्त्री महतोसम्म आइपुगेको आग्रहका कारण उनले पनि खोजेकी रहिछिन् अक्सिजन। धनुषाका प्रमुख जिल्ला अधिकारीदेखि अञ्चल अस्पतालका डाक्टरसम्मलाई फोन गरेर अक्सिजन मिलाइदिएपछि ज्यान बचाउन सफल भएको मन्त्री महतो आफैले स्वीकार गरेकी छन् ।

यो पनि,,,,अन्ततः कोरोनाको खोपको साटो खाने औषधि तयार, सोमवार शुभारम्भ

महामारीका कारण निकै ठूलो समस्या भोगेको भारतले खोपका बारेमा नयाँ चमत्कार गरेको छ । विश्व नै खोपको अनुसन्धानमा जुटेको बेलामा भारतले खाने औषधी तयार पारेको छ ।

त्यसको शुभारम्भ समेत सुरु गरेको हो । सोमवार खाने औषधिको सुभारम्भ गर्ने भारतीय मिडियाले जनाएका छन् । भारतले बनाएको खाने औषधि २–डीजी आज सोमबार शुभारम्भ गर्न लागेको हो ।

त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) निर्माण गरेको २–डीजी औषधिलाई सरकारले मान्यता दिएको छ । त्यसको पहिलो खेप रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा। हर्षवर्द्धनले आज बिहान साढे १० बजे शुभारम्भ गर्ने भएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शुभारम्भछि एक दुई दिनमा संक्रमितका लागि यो औषधि उपलब्ध गराइनेछ। हैदराबादस्थित डा। रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ।

महामारीले सबैभन्दा हैरान बनाएको बेलामा नजिकैको छिमेकी मुलुकमा बनेको खाने औषधि नेपाल पनि आइपुग्ने आशा गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button