आजदेखि टेलिकमको भिओएलटिई सेवा सुरू, कसरी एक्टिभ गर्ने ?

काठमाडाैँ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ ।

टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु गरिएको हो ।

उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण शुरु गर्न लागिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ ।

कसरी लिने सेवा

सो सेवाका लागि भिओएलटिई सपोर्ट गर्ने मोबाइलमा *444# डायल गरी प्राप्त निर्देशनको अनुसरण गरी सिममा भिओएलटिई एक्टिभेट गर्न सकिनेछ ।

यस्तै सो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भिओएलटिई कल फर एनटिसी सिमसमेत इनेबल गर्नुपर्दछ । लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भिओएलटिईको सङ्केत देखापर्दछ । भिओएलटिईको सङ्केत देखापरेपछि *111# डायल गर्नुपर्दछ ।

भिओएलटिई सेवाका प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सक्नेछन् भने एक सय मिनेट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराइनेछ ।

आफ्नो मोबाइल सेटले भिओएलटिई सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि तथा उक्त सेवासम्बन्धी थप जानकारीका लागि टेलिकमको वेबसाइटमा लिङ्क प्रयोग गर्न सकिनेछ ।

यो पनि,,,,चन्द्रागिरिमा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन

 काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो ।

नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

“नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० श्यया र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो ।

दुवै आइसोलेशन केन्द्रमा चौबिसै घण्टा सेवा प्रदान गरिने नगरप्रमुख गिरीको भनाइ छ ।

यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगरप्रमुख गिरीले बताउनुभयो ।

नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ श्ययाको आइसोलेशन केन्द्र स्थापना गर्ने जनाएको छ । यहाँ हाल ९८६ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button