एकै घरका ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, वडाध्यक्ष भन्छन् : गाउँ नै सखाप होला जस्तो भो

काठमाडौ । बागलुङमा विहे भोजका कारण गाउँमै विपत्ती निम्तिएको छ । गाउँनै संक्रमित भएको छ भने एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

अहिले स्थानिय प्रशासनले सो गाउँ सिल गरेको छ । बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते भएको विवाहमा सहभागीहरु संक्रमित भएका हुन् ।

उनीहरुवाटै गाउँमा पनि महामारी फैलिएको छ । सुरुमा जसको विवाह थियो उनकै हजुरवुवा अस्वस्थ्य भए । ८७ वर्षीय हजुरवुवालाई स्वास्थ्यमा समस्या आएपछि उनलाई बैशाख १७ गते धौलागिरि अस्पतालमा उपचारका लागि भर्ना गरियो ।

पोजेटिभ रिपोर्ट देखिएका उनको अस्पतालमा उपचारकै क्रममा २३ गते ती पुरुषको मृत्यु भयो । त्यसपछि लगातार उनकै घरका परिवारका ४ जनाको मृत्यु भएको हो ।

८७ वर्षका बुवाका ४० वर्षका छोरालाई पनि स्वास्थ्यमा समस्या आयो । उनी ति बुवाका कान्छो छोरा थिए । यता कान्छा छोराको उपचार हुँदै गर्दा भैरहवामा रहेका जेठो छोरालाई पनि स्वास्थ्यमा समस्या देखियो ।

बैशाख ३० गते कान्छाको धौलागिरि अस्पताल र जेठा छोराको पोखरामा उपचारकै क्रममा मृत्यु भयो । त्यो परिवारमा यतिमै मात्र वज्रपात पर्न रोकिएन आइतबारमात्रै परिवारकी जेठी छोरी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको छ । उनी पनि धौलागिरि अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।

हिजो र आजै २ जना शंकास्पदको मृत्यु भयो । उहाँहरुको स्वाब परीक्षण नै गरेका छैनौं,’ वडाध्यक्ष गलामी भन्छन्, ‘गाडीबाट जान पनि टाढै छ । गाउँले बिरामी भएर सबैको अवस्था गम्भीर छ । हात उठाउनेबेला भइसक्यो ।’ उनका अनुसार गाउँलाई अहिले पूर्ण तरिकाले सिल गरिएको छ ।

बिहे भोजपछि गाउँले नै बिरामी परेको र स्वाब परीक्षणमा सबैको कोरोना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले पुष्टि गरे । ‘पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरेका थियौं । २५ जनामा कोरोना देखियो,’ उनले भने, ‘अहिले गाउँ नै बिरामी परेका छन् । हाहाकार मच्चिएको छ । गाउँ नै सखाप होला जस्तो भो ।’

विवाहमा सहभागी भएका सोही गाउँका धेरैको स्वास्थ्यमा समस्या देखिएको छ । गाउँका सबै रुघाखोकी र उच्च ज्वरोले थलिएका छन् । परिक्षण गर्दा ४९ जनामा पोजेटिभ रिपोर्ट आएको छ । गाउँपालिकामा त्यती धेरै संक्रमितलाई राखेर उपचार गर्ने वेड नभएका कारण समस्या भएको छ ।

यो पनि,,,,लाखौं रुपैयाँ नगदसहित पाँच जुवाडे काठमाडौंबाट पक्राउ

नेपाल प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामा रहेका छन् ।

पक्राउ परेका पाँच जनाको साथबाट प्रहरीले रु एक लाख पाँच हजार ५०० नगद र तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।

त्यस्तै तनहुँको भानु नगरपालिका–६ पड्केपसलबाट १२ किलो ६०० ग्राम गाँ’जासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ बस्ने २९ वर्षीय क्षेत्रकुमार चेपाङ र सोही ठाउँ बस्ने १८ वर्षीय दीपबहादुर प्रजा रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button