हटस्पटका फ्रन्टलाइनर भन्छन् : ‘आँसु लुकाएर उपचार गर्दै छौं’

कपिलवस्तु । भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन् । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ ।

आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् । अस्पतालमै संक्रमित खचाखच भएका बेला थप भर्नाका लागि चौतर्फी दबाब आउँछ ।

जनशक्ति पर्याप्त छैन । भएका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा खटाउनु परिरहेको छ । यस्तै समस्यामा गिजोलिए पनि हरसम्भव संक्रमितको उपचार गरिरहेको नेपालगन्जको भेरी अस्पतालको नेतृत्वमा छन्, डा. प्रकाश थापा ।

मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. थापा आफैं दिनरात खट्छन् । संक्रमित भर्नाका लागि बुधबार दिनभर आफैं टेन्ट व्यवस्थापनमा लागेका थिए । कोरोना उपचारको केन्द्र बनेको अस्पतालमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमबाट बिरामी आइरहेका छन् ।

विषम परिस्थितिमा अस्पताल प्रशासन सञ्चालन गर्न र बिरामीको उपचार कसरी सम्भव भएको छ ? ‘अस्पताल आइसकेको बिरामीलाई घर जानूस् भन्न मिलेन ।

भुइँमा राखेर भए पनि उपचार गरिरहेका छौं । चुनौती धेरै छन् । चुनौतीसँग जुधेरै अगाडि बढ्ने प्रयास गरिरहेका छौं,’ डा. थापाले भने, ‘हामीले गरिरहेको प्रयासमा स्थानीय प्रशासन र अन्य निकायले सहयोग गरिरहेका छन् ।

’ बेड नपाएर अस्पतालको इमर्जेन्सी अगाडि बिरामी छटपटिँदा उनी आफैं बेड मिलाउन पुग्छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

यो पनि,,,,,निजी अस्पतालहरुले भने, ‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौं’

 निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् ।

निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले आज विज्ञप्ति जारी गर्दै देशभरि नै निषेधाज्ञा र अन्तरराष्ट्रिय हवाई सेवा बन्द भई द्रुत ढुवानीको अरू कुनै विकल्प नभएकाए १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सय शय्याभन्दा माथिका सामुदायिक र निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो ।

“सय शय्याको अस्पतालका लागि सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि रु दुई करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ ।

वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्”, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो पनि,,,,,,,,कोरोना कहर : आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाएको हो ।

सरकारले यसअघि दोस्रो लहरको कोरोना संक्रमणको चेन ब्रेक गर्न (सीसीएमसी) निर्देशक समितिको सिफारिसमा वैशाख २० देखि वैशाख ३१ गते मध्यरातिसम्म (१२ दिन) का लागि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो ।

तर, प्राधिकरणले आन्तरिक रुटमा भने आपतकालीन उद्दार, कार्गो तथा हेलिकप्टर चार्टर्डलाई परिस्थितिअनुसार अनुमति दिइने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button