
सप्तरीमा चोरीको आरोपमा एक किशोरलाई हात-खुट्टामा फलामे साङ्लाले बाँ धेर तीन दिनदेखि या त ना दिइरहेको खुलासा
सप्तरीमा चोरीको आरोपमा एक किशोरलाई हात-खुट्टामा फलामे साङ्लाले बाँ धेर तीन दिनदेखि या त ना दिइरहेको घटना सार्वजनिक भएको छ ।

छिन्नमस्ता गाउँपालिका-६ कुपही टोलका १८ वर्षीय शिवकुमार मुखियालाई चोरी आरोपमा मदिरा पसल चलाएर बसेका संजय पण्डित र उनका दाइ जागेश्वरले बाँधेर या त ना दिइरहेका छन् ।

स्थानीयका अनुसार पण्डितको मदिरा पसलमा वैशाख २१ गते राति चोरी भयो । चोरी गरेको शंकामा मुखियालाई घरबाटै समातेर ल्याइयो र या त ना दिए । यातना खेप्न नसकेर मुखियाले चोरी स्वीकारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
२२ गते बिहानदेखि नै मुखियाको हातखुट्टामा साङ्लो बाँ धेर ता ला लगाइएको छ । स्थानीय कपिल मुखिया भन्छन्, ‘खाना पानी केही नदिई भोकै र प्यासै उनलाई बन्दी बनाएका छन् । ’भोकले छ ट पटाएको देखेपछि आफूले राति घर ल्याएकोमा पुन: फर्काएर लगी या तना दिइरहेको उनले बताए ।
ती युवालाई या तनाका लागि व्यापारी पण्डितलाई गाउँपालिका प्रमुख सूर्यनारायण मण्डलका छोरा सत्यनारायणले साथ दिएको स्थानीयको दावी छ । ‘या तना दिन लगाउनमा सत्यनारायणको भूमिका निकै छ ।
उनी स्वयंले कु ट पि ट ग रे का छन् । उनको अगाडि कसैले प्रतिवाद गर्न सक्दैनन्’, स्थानीय एक युवकले भने ।
मुखियाले चोरी स्वीकारेको दावी व्यापारी पण्डितको छ । आफूलाई अन्य दुईजनाको संलग्नता रहेको पनि बताएको पण्डितले बताए । ४७ हजारका दरले तीनैजनाले क्षतिपूर्ती नतिरेसम्म नछाड्ने बताएको स्थानीयले सुनाए ।
घटनाबारे सूचना पाएपछि प्रहरी हिजो घटनास्थल पुगेको थियो । तर, गाउँपालिका प्रमुख मण्डलका छोरा सत्यनारायणले घटना गाउँमै मिलापत्र गर्ने भनेर प्रहरीलाई फिर्ता पठाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
व्यापारी पण्डितले लगाएको आरोप मुखियाका आफन्तले स्वीकार गर्न तयार छैनन् । बुबा रामस्वरूप मुखिया भन्छन्, ‘मेरो छोरा नै चोर हो के प्रमाण छ ? ज बर्ज स्ती यातना दिएर चोरी गरेको कुरा स्वीकार्न लगाएका छन् ।’
सप्तरीकै अधिकारकर्मी सुनिता साहले चोरीको आ रोपमा खुट्टामा नेल लगाएर राख्नु अपराध भएको बताउँछिन् । उनले भनिन्, ‘चोरी नै गरेको हो भने प्रशासनले कारबाही गर्नसक्छ ।
तर, व्यक्तिले कानून हातमा लिन मिल्दैन ।’ उनले बाँधेर राखेका किशोरलाई अविलम्ब उद्धार गर्न स्थानीय प्रशासनसँग माग पनि गरेकी छन् ।
सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमला घटनाबारे थाहा पाएपछि बुझ्न इन्सपेक्टरलाई पठाएको बताए । उनले नेपाल प्रेससँग भने, ‘गाउँपालिका प्रमुखले पनि घटनाबारे बुझिरहेको भनेर भन्नुभएको छ ।
प्रहरी पनि रेस्क्यू गर्न पठाएको छु ।’ मुखियालाई हातखुट्टा बाँ धेर या तना दिइरहेको विषयमा एसपी धमलाले अनभिज्ञता जनाए ।
यो पनि,,,,अस्पतालमा बेड छैन, अक्सिजन पनि छैन, बिरामीहरु धमाधम पीपलको बोट मुनि बस्न बाध्य
अस्पतालमा बेड छैन, अक्सिजन पनि छैन । बिरामीहरुमा बिकल्प छैन, त्यसैले धेरै कोरोना लागेका बिरामीलाई आफन्तले पीपलको रुखमुनि लिएर गएका छन् । उनीहरुका अनुसार पीपलबाट धेरै अक्सिजन पाइने सुनेर आफन्तले बिकल्पको रुपमा त्यस्तो गरेका हुन् । चिकित्सकहरुले भने यसलाई अन्धविश्वास भनेका छन् । यो भारतको समाचार हो ।
त्यहाँको उत्तर प्रदेशको शाहजहाँपुरस्थित बहादुरगन्ज क्षेत्रका कोरोना पुष्टि भएकाहरु पिपलको रुखमुनि बस्न पुगेका छन् । कोरोना पोजेटिभ घोषणा भएका दुई परिवारका झन्डै आधा दर्जन बिरामी पर्याप्त अक्सिजनका लागि भन्दै पिपलको रुखमुनी बसेका हुन् ।
‘मलाई सास लिन समस्या भइरहेको थियो र अक्सिजनको कुनै सहारा थिएन । पिपलको रुखले अक्सिजन दिन्छ भन्ने थाहा पाएपछि मेरो परिवार यही आएर बसेको छ,’ उर्मिला नामकी एक महिलाले भनिन् । भारतीय जनता पार्टीका विधायक रोशनलाल बर्माले यस इलाकामा पुगेर मानिसहरुसँग भेटघाट गरेका छन् ।
उनले शनिबार जिल्ला अधिकारीहरुलाई फोन गरेर अस्पतालमा बिरामीलाई स्थानान्तरण गर्न निर्देशन दिएका छन् । यद्यपी, पिपलको रुखमुनी निकै राम्रो महसुस गरेकाले अस्पतालमा सिफ्ट हुन मन नलागेको उर्मिलाले बताइन् ।
न्यूज एटिनमा छापिएको एक समाचार अनुसार, उनको परिवारका एक सदस्यले भने, ‘ हामीलाई पिपलले अधिकतम अक्सिजन दिन्छ भनिएको थियो । किनकी कुनै विकल्प बाँकी थिएन, त्यसैले मैले आफ्नी काकीलाई यहाँ लिएर आएँ र समस्या धेरै ठिक भयो । मानिसहरुले के भन्छन् भनेर हामीलाई मतलब छैन ।’
यसैबीच लखनऊका चिकित्सा विशेषज्ञले यसलाई शारिरीक नभएर मानसिक प्रभाव भनेका छन् । वहिन किङ जर्ज मेडिकल युनिभर्सिटीका ती डाक्टरले भने, ‘यहाँ सम्भवत ताजा हावा छ, जसले मानिसलाई सास लिन सहयोग गर्छ ।’



