बिहेकै दिन बेहुलीलाई कोरोना पुष्टी, १० दिनपछि बेहुलीको मृत्यु

कोरोनाका कारण विवाह भएको १० दिनमै बेहुलीको मृत्यु भएको छ । विवाह गरी काठमाडौंको कपनबाट भक्तपुर गएकी एक युवतीको मृत्यु भएको हो ।

कपन घर भएकी श्रेष्ठ थरकी २२ बर्षिया युवतीको गएको बैशाख १२ गते विवाह भएको थियो ।उहाँलाई विवाहको दिन नै कोरोना पुष्टी भएको पारिवारिक स्रोतले हेल्थपाटीलाई जानकारी दियो ।

विवाह भएको भाेलीपल्ट दुल्हन फर्काउन माइत गएकाे बेला स्वास्थ्यमा समस्या भएपछि उहाँलाई उपचारका लागि भक्तपुरमा रहेको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

सोमबार कोरोना अस्पतालमा उहाँको उपचारकै क्रममा मृत्यु भएको एक जना आफन्तले जानकारी दिनुभयो । उहाँको माइतीतर्फका धेरैलाई कोरोना संक्रमण भएको छ । विवाहमा होसियारी अपनाउन नसक्दा यो दुर्घटना भएको ती आफन्तले बताउनुभयो । हेल्थपाटि बाट

यो पनि,,,,ससुराली आएका लोकबहादुरको उपचारै नपाएर मृत्यु, आफन्तले समेत छोडेर हिँडेपछि मेडिकल अगाडी शव अलपत्र

धनुषामा एक युवाको उपचार नै नपाएर मत्यु भएको छ । ससुराली आएका उनी अस्वस्थ्य भएपछि केही दिन घरमै राखेर उपचार गरिएको थियो । तर स्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लैजाँदा कुनै पनि अस्पतालले भर्ना लिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको अभावमा कुनै पनि बिरामीले मर्नु नपर्ने दावी गरेको २४ घण्टा नबित्दै एक युवाले उपचार नपाएरै मृत्यु भोग्नु परेको छ ।

धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४० वर्षीय लोकबहादुर परियारले उपचार नै पाएनन् ।

कोरोना लागेको शंकाको आधारमा चेकजाँचका लागि जनकपुरधामस्थित सरकारी तथा निजी अस्पतालले भर्ना नलिँदा उनको मृत्यु भएको हो । पछिल्लो पाँच दिनदेखि रूघाखोकी र ज्वरोले ग्रसित परियार घरमै सामान्य उपचार गराइरहेका थिए।

सास फेर्न कठिन भएपछि सोमबार साँझ उनको उपचार गर्दै गरेका बटेश्वरकै आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले एम्बुलेन्स बोलाएर प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका थिए ।

तर एम्बुलेन्स चालकले जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगे त्यहाँ वेड छैन भनेर फर्काइयो, उनले अन्य निजी अस्पतालमा पनि लगे तर कसैले पनि उनलाई भर्ना लिएनन् ।

बाध्य भएर उनलाई बटेश्वर बजारस्थित आरपी मेडिकल हलमै फर्काएर ल्याए । उनको मेडिकल हल अगाडी नै निधन भयो । एम्बुलेन्स चालक रामबाबु महतोका अनुसार अस्पतालहरुले पैसा डिपोजिट गर्न भनेको तर बिरामीका आफन्तले पैसा डिपोजिट गर्न नसक्दा अस्पतालहरुले बिरामीको भर्ना गर्न मानेनन् ।

आर पी मेडिकल हलका सञ्चालक सुवोध साहले आफुले पहिला नै यहाँ उपचार सम्भव नभएकाले अन्तै लगेर उपचार गराउन भनेको भएपनि त्यो सम्भव नभएका कारण उनको मृत्यु भएको बताए । बिरामीको मृत्यु भएपछि आफन्तहरुले समेत छाडेर गएका छन् ।

उनकै मेडिकल अगाडि युवकको शव बेवारिसे अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button