पूर्व इटहरीवाट पोखरा आएर होटलमा बसेका एक जोडी नर्सरीमा एउटै पा सोमा भेटीए (भिडियो हेर्नुस्)

काठमाडौ । पोखरा लेकसाइडको होटलमा तीन दिन देखि बस्दै आएका पूर्वका एक जोडीले संसार छोडेका छन् । होटलमा उनीहरुले आफुहरु परिवार भनेर लेखाएका थिए ।

होटलमा बसेका उनीहरु केही बेर घुम्न भन्दै निस्केको होटल संचालकले बताएका छन् । लेकसाइडमा केही बेर हामी घुमेर आउँछौं भनेर निस्केका उनीहरु विहान रुम नम्बर १०६ मा बस्ने गेष्टहरु मृ त फेला परेका छन् भनेर फोन आएपछि आफु गएर हेर्दा घटना देखेको बताएका छन् ।

९ वजेर २० मिनेटमा उनीहरु वाहिर निस्केका थिए । बसेको बेलामा उनीहरु होटलमै खान खाने गरेका थिए । उनीहरुले चिप्लेढुंगामा अर्को एक जना साथी रहेको र उनको विवाहका लागि आफुहरु आएको बताएका थिए ।

एक दिन साथीको विवाहमा भोज खाएर आयौं भनेर पनि होटल संचालकलाई भनेका थिए । होटलको सीसीटीभीमा हेर्दा उनीहरु खुसी नै देखिन्छन् । अनुहारमा त्यस्तो केही चिन्ता पनि देखिएको छैन ।

राती १ वजे सम्म कुरेर बसेको भएपनि घुम्न आएका उनीहरु क्लव तिर गए होलान् भनेर आफुहरु आराम गर्न गएको बताए । साथीको विवाहका लागि आएको भनेकाले उतै पनि गएको हुनसक्ने भनेर पनि आफुले खोजी नगरेको बताएका छन् ।

इटहरीका नगरपालिका पथ्रुके बस्ने शिलेश्वर भट्टराई र दीपा खनाल केही दिन देखि हराएकाले परिवारले खोजी गरीरहेका थिए ।

शिलेश्वरको श्रीमतीले उनीसंगै मृ त भेटीएकी दीपा खनालको भने विवाह नभएको बताएकी छन् । शिलेश्वरको श्रीमती उनीहरु केही दिन देखि हराएका कारण उनले वहुविवाहको उजुरी समेत दिएकी थिइन् ।

शिलेश्वरको श्रीमतीले ति युवती आफ्नो नाता सम्बन्धकै भएको बताएकी छन् ।

यो पनि,,,सेवाग्राहीले बैंकमा राखेको पैसा कर्मचारीले नै निकालेर खाइदिएपछि

सुरक्षाका लागि हामीले बैंकमा पैसा राख्छौं । तर बैंकका कर्मचारीले नै ग्राकहको खाताको पैसा खाइदिएपछि के होला ? हामीले पैसा सुरक्षित गर्न कहाँ लगेर राख्ने ? दैलेखको दुल्लु नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीले सोही बैंकका खातावालाको पैसा निकालेर खाइदिएको खुलेको छ ।

बैंकको दुल्लु शाखामा कार्यरत् जयबहादुर थापाले ग्राहकको पैसा खाइदिएका हुन् । उनले बैंकमा रहेको भवानीप्रसाद आचार्यको खाताबाट ८ लाख रुपैयाँ झिकेको अनुसन्धानवाट खुलेको छ । आफ्नो खाताको पैसा हराएपछि खातावालाले प्रहरीमा उजुरी दिन पुगेका थिए । तर उनले प्रहरीमा लिखित उजुरी भने दिएनन् । तर आन्तरिक रुपमा गरिएको अनुसन्धानले बैंकका कर्मचारीले नै बदमासी गरेको खुलेको हो ।

कर्मचारी थापा दुल्लु नगरपालिका(५ का बासिन्दा हुन् भने खातावाला आचार्य पनि दुल्लु नगरपालिका(८ का हुन्। राष्ट्रिय वाणिज्य बैंक दुल्लु शाखाका प्रबन्धक कृष्णप्रसाद उपाध्यायका अनुसार कर्मचारी थापामाथि कारबाहीको लागि प्रक्रिया सुरू भइसकेको छ। खातावाला र बैंकका कर्मचारी दुवै चिनेजानेको ब्यक्ति भएको खुलेको छ ।

पहिला मौखिक रुपमा पैसा निकाल्ने अनुमति ग्राहकले दिएको हुनसक्ने अनुमान बैंक प्रशासनले गरेको छ । पैसा निकालिसकेपछि उनीहरुबीच कुरा नमिलेर उजुरीमा गएको बताइएको छ । सहमतिमा खातावाट निकालेको पैसा भनेको समयमा खातामा जम्मा नभएपछि यो कुरा बाहिर आएको हुन सक्ने बैंक प्रशासनको भनाई छ ।

यो पनि,,बाँकेमा थप १० जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण बाँकेमा १० जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका संक्रमितको मृत्यु भएको हो ।

भेरी अस्पतालमा नेपालगन्ज १२ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा चैत ३१ गते कोरोना पोजेटिभ आएपछि होम आईसोलेशनमा बसेका उनी बैशाख ६ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि बुधबार बिहान साढे २ बजेतिर मृत्यु भएको हो ।

भेरी अस्पतालमै उपचार गराइरहेकी नेपालगन्ज १७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको हो । भेरी अस्पतालमा यही वैशाख ८ गते कोरोना पोजेटिभ भएकोमा ९ गते भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि मंगलबार राती साढे १० बजेतिर मृत्यु भएको हो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ कि ३७ वर्षीया महिलाको पनि मंगलबार बेलुकी ७ बजेतिर भेरी अस्पतालमा मृत्यु भएको छ । यही वैशाख २ गते दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पोजेटिभ आएपछि ४ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् ।

स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी भेरी अस्पतालमै उपचार गराइरहेका तुलसीपुर–७ दाङका ३१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । भेरी अस्पतालमा यही वैशाख १२ गते कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि मंगलबार बेलुकी साढे ६ बजेतिर उनको मृत्यु भएको हो ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी ४५ वर्षीया महिलाको पनि भेरी अस्पतालमा मृत्यु भएको छ । यही वैशाख ९ गते अस्पतालमा भर्ना भएकी उनलाई वैशाख १२ गते कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा कुनै सुधार नभएपछि उपचारका क्रममा मंगलबार बेलुकी ६ बजेतिर मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचार गराइरहेका नेपालगन्ज–७ निवासी ५१ बर्षिय पुरुषको पनि मृत्यु भएको छ । यही बैशाख २ गते कोरोना पोजेटिभ भएपछि उनी होम आईसोलेशनमा बसिरहेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी बैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको हो ।

त्यसैगरी भेरी अस्पतालमा उपचार गराइरहेका बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । यही बैशाख ११ गते कोरोना पोजेटिभ भएकोमा १२ गते भेरी अस्पतालमा उनी भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि मंगलबार पौने ३ बजेतिर उनको मृत्यु भएको हो ।

कोरोना संक्रमित बाँके खजुरा गाउँपालिका वडा नम्बर २ निवासी ४८ बर्षिया महिलाको पनि भेरी अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा सोमबार भर्ना भएकी उनलाई मंगलबार कोरोना पोजेटिभ भएकोमा दिउँसो सवा १२ बजेतिर मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी ७२ बर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेजमा मंगलबार बिहान ११ः२५ बजेतिर मृत्यु भयो । उनलाई सोमबार मात्र कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

मेडिकल कलेजमै तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ९ निवासी ७४ बर्षिया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेडिकल कलेजमै पिसिआर परिक्षण गर्दा उनलाई आइतबार कोरोना पोजेटिभ भएको थियो ।

भोलीपल्ट सोमबार अस्पतालमा भर्ना भएकी उनको मंगलबार बिहान सवा ६ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १ निवासी ६० बर्षिया महिलाको पनि नेपालगन्ज मेडिकल कलेजमै मृत्यु भएको छ । यही बैशाख १० गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भोलीपल्ट अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि उनको मंगलबार बिहान पौने ३ बजेतिर मृत्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट बाँकेका ९९ र बाहिरी जिल्लाका १ सय ८ जनाको मृत्यु भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button