एमाले मुख्यालयबाट बालिका खड्का पक्राउ

काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतका अनुसार मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको हो । खड्काले प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’भन्दै मुख छाडेकी थिइन् । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
1
+1
10
+1
3
+1
0
+1
6

सम्बन्धित समाचार

Back to top button