लगातार सुनको मूल्य ओरालो

काठमाडौँ। सुनको मूल्य लगातार चार दिनयता घटेको छ। गत सोमबारबाट घट्न थालेको सुनको मूल्य बिहीबार पनि ओरालो लागेको छ।

साताको पहिलो दिन आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ३००, मंगलबार १००, बुधबार ७०० र बिहीबार ३०० रुपैयाँ रुपैयाँले सुनको मूल्य घटेको हो।

बिहीबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोला ९२ हजार ५०० र तेजाबी सुनको तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै ११ सय ८० रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउ तोलामा ११ सय ७५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button