
बाढीको अवलोकन गर्न गएका गृहमन्त्री आफै फसे, एयर फोर्सद्वारा उद्धार
भारत : मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा बुधबार दतियाको बाढी प्रभावित गाउँमा रेस्क्यू अपरेशनको अवलोकन गर्न पुगेका थिए ।

तर, उनी आफै फस्न पुगेका थिए ।

पछि एयरफोर्सको टोलीले उनलाई एयरलिफ्ट गरेर बाहिर निकालिएको थियो ।
नरोत्तम मिश्रा दतियामा एनआरडीएफ को मोटरबोटमा लाइफ ज्याकेट लगाएर बाढी प्रभावित कोटरा गाउँ पुगेको थिए ।
उनले एक घरमा केही मानिसहरु फसेको देखेपछि आफै छतमा चढे ।
एसआरडीएफले त्यहाँ फसेका सबैलाई सुरक्षित उद्धार गरे । तर, गृहमन्त्री आफै फसे ।
पानीको बहाव तीव्र भएका कारण मोटरबोट पनि त्यहाँ पुग्ने स्थिति बनेन ।
पछि एयरफोर्सको टोली पुगेर गृहमन्त्रीको उद्धार गरेको थियो । मन्त्रीभन्दा अघि चार जना स्थानीयहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइएको थियो ।
सिन्ध नदीमा बाढी कारण तटीय क्षेत्रमा रहेका गाउँमा पानी पसेको छ ।
नदीको जलस्तर बढेको कारण इन्दरगढ क्षेत्रको रुर र कुलैथ गाउँबीच सम्पर्क टुटेको छ ।
शिवपुरी ड्यामबाट पानी छाडिएका कारण सिन्ध नदीको जलस्थर उच्च रहेको छ ।
कपिल शर्मा शोबाट आउट भएकी हुन् सुमोना ?
गत महिना कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत टेलिभिजनमा आफ्नो पुनरागमनको घोषणा गरेका थिए ।
कपिलले ‘द कपिल शर्मा शो’ का स्टारकास्टसँग सेल्फी सेयर गर्दै लेखेका थिए – ‘पुरानो अनुहारका साथ नयाँ शुरुवात’ ।
फोटोमा कपिलसँगै कीकू शारदा, भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर र सुदेश लहरी देखिएका थिए ।
उक्त फोटोमा सुमोना चक्रवर्ती गायब थिइन् ।
मानिसहरुको अनुमान थियो, सुमोना कपिल शर्मा शोबाट बाहिरिइन् । तर, यसमा कुनै सच्चाई नरहेको बताइएको छ ।
शोसँग निकट रहेकाहरूका अनुसार सुमोनाले पछिल्लो हप्तामात्र च्यानलसँग नयाँ करार साइन गरिसकेकी छन्
उनी ‘द कपिल शर्मा शो’ मा भूरीको भूमिकामा कायम रहेकी छन् ।
कपिल शर्मा र च्यानलसँग उनको कुनै विवाद नभएको र उनी शोमा फर्किने कुरामा पनि कुनै सन्देश नभएको उनको भनाइ छ ।
गत महिना कपिल र शोका केही स्टार कास्टले पुणेमा शोमा फर्किन लागेको जानकारी दिन छोटो प्रोमो सुट गरेका थिए ।
त्यतिबेला सुमोना भने त्यहाँ उपलब्ध थिइनन् ।
साथै आफ्नो निजी कामको कारण सुमोना र च्यानलबीच करारमा हस्ताक्षर गर्नमा ढिलाइ भएको बताइएको छ । ‘अब उनी चाँडै टीमसँग सुटिङमा फर्किने छिन्,’ स्रोतको भनाइ छ
कपिल शर्मा शोको परिवारमा सुदेश लहरी पनि जोडिएका छन्
यसअघि उनी कृष्णा अभिषेकको जोडीलाई ‘कमेडी सर्कस’ मा दर्शकले निकै रुचाएका थिए । स्रोतका अनुसार कमिडियन गौरव गेरा पनि शोको हिस्सा बन्ने छन् ।
उनी एक महिलाको भूमिकामा देखिने योजना बनाइएको छ ।
यता, शोको पहिलो पाहुना अक्षय कुमार बन्न सक्ने बताइएको छ ।
कपिलको शोमा अक्षय बेल बटमको प्रमोशनका लागि जाने बताइएको छ । तर, यसको पुष्टि भइसकेको छैन ।



