प्रधानमन्त्री देउवाले भने ‘दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्छ’

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्ममा विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन् । बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताउका हुन् ।

दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने उल्ल्ेख गर्दै देउवाले त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको रहेको बताए ।

सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको र लगानी बोर्डले ३३ वटा आयोजनाका लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको भन्दै तीमध्ये २० वटा ठूला जलविद्युत् परियोजना रहेको बताए ।

सरकारले राष्ट्रिय नीति बनाएर २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने योजना बनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button