जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नैपर्छ, हार्न मिल्दैन : ओली

काठमाडौ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनाव हार्न नमिल्ने बताएका छन्। शुक्रबार एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै जनताको समर्थनबाट एमालेले जित्नै पर्ने बताएका हुन्। ओलीले भने, ‘जनताको शक्ति सशक्त ढंगले अघि बढेको छ। जनताको समर्थनबाट जित्नैपर्छ। एमालेले चुनाव हार्न मिल्दैन।’

इतिहासका निर्माता जनता हुन् भनेर बुझ्नुपर्ने ओलीको भनाई छ। ओलीले भने, एमाले विजयीको यात्रामा लम्किनुपर्छ। यस्तो बेलामा हाम्रो अगाडि संघ र प्रदेशको निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वतन्त्र निष्पक्ष बनाउन प्रभावकारी भुमिका खेल्नुपर्छ।’ ओलीले समृद्ध नेपाल सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको स्पष्ट पारे। उनले भने, ‘जतिसुकै घेराबन्दी भएपनि हामीले चुनाव जित्नैपर्छ।’

दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशन दिएका छन्।

केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने ११ वटा एजेन्डा प्रस्तुत भएको छ। चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको शपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने पनि एजेन्डा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button