
मेरो समर्थन मेयर बालेन जीलाई: रामकुमारी झाँक्री
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समर्थन गर्दै स्टाटस लेखेकी छन्। उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेरो समर्थन मेयर बालेन जीलाई भनेकी हुन्।

पूर्व सहरी विकासमन्त्री समेत रहेकी झांर्कीले आफूले उपत्यकाको अतिक्रमण हटाउन लाग्दा निर्वाचन आएको छ नगरौ भन्ने दलीय दवावले स्थगन गर्नू परेको बताएकी छन्। उनले आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने बताएकी छिन्। उनले अगाडि भनेकी छिन्, ‘मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन। ईमान्दार प्रयासहरू सफल हुन्छन।’

उनले भनेकी छिन्, ‘मैले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ। निर्वाचन आएकोछ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्यो। स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो। मेरो कार्यकाल लामो रहेन। मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।’
पछिल्लो समय नक्सा पास नगरी बनाइएका संरचना हटाउने अभियानलाई काठमाडौं महानगरले तीव्र बनाएको छ ।



