बुद्ध एयरको जहाजमार्फत पोखरा जाँदै राष्ट्रपति, पोखराकाे सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखार जाने भएकी छन् । दुई दिनको समय लिएर उनी बुद्ध एयरको जहाजमार्फत पोखरा उड्ने भएकी हुन् ।

राष्ट्रपति भण्डारी सोमबार दिउँसाे १२ बजे पोखरा पुग्ने तालिका रहेको कास्की प्रशासनले जनाएको छ । पोखरा रहँदा उनी पोखरा ग्राण्डमा बस्ने जनाइएको छ ।

उनले मंगलबार विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने र त्यसपछि विन्ध्यवासिनी माविको हिरक जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यस्तै मंगलबार दिउँसो उनी गुरुङहरुको विशेष चाड ट्योंटेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँने कार्यक्रम छ । त्यसपछि उनी मंगलबार अपरान्ह काठमाडौं फर्किने छिन् । उनको पोखर भ्रमणलाई लिएर जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button