परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक छ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।  विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे आइतबार काठमाडौमा भएको बहस कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक छ’ अध्यक्ष नेपालको भनाइ छ । उनले अहिले अमेरिका र चीनले हतियारको होडबाजी गरेको भन्दै त्यसले नेपाललाई पनि चिन्ता बढेको बताए ।  उनले हतियारको होडबाजी र युद्धले कुनैपनि समस्याको समाधान हुन नसक्ने पनि बताए । उनले युरोपमा नाटो र अमेरिकाले आइपीएस भनेर ल्याएको बताए ।

इन्डो प्यासिफिक स्टाटेजीमा अमेरिकाले तीनवटा देशलाई शत्रुको घोषणा गरेको छ, रुस, चीन र उत्तर कोरियालाई’, नेपालले भने, ‘ इण्डो प्यासिफिक भित्र अमेरिका, जापान, अष्ट्रेलिया र भारत रहेका छन् ।’

उनले कुनै पनि किसिमको अतिवादमा नेपाल फस्न नुहनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button