नेपाली सेनाले किन झूठ बोल्यो? पूर्व सेनापतिको बद्नामी गराउन खोजेको हो?

काठमाडौं। अमेरिकाको युटा नेशनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सहकार्यका विषयमा प्रष्टिकरण दिँदै नेपाली सेनाले बुधबर एउटा विज्ञप्ति सार्वजानिक गर्‍याे। जसमा सेनाले अमेरिकाको स्टेट पार्टनरसिप पोग्रमबारे कुनै जानकारी नभएको,पत्रचार नभएको, सम्झौता नभएको भनेर नेपाली जनतालाई बताएको थियो।

यसको भोलिपल्टै नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई नेपाली सेनाका तर्फबाट लेखेको आधिकारिक पत्र सार्वजानिक भयो। पत्रमा नेपाली सेना स्टेट पार्टनरसिप प्रोग्राममा सहाभागिता जनाउन चाहन्छ भन्ने कुरा प्रष्ट भाषामा उल्लेख गरिएको छ।

एक दिनको फरकमा आएका नेपाली सेनाका यी दुई पत्रहरुले नेपाली जनतालाई दिग्भ्रमित गरेका छन्। सेनाले निकालेको विज्ञप्तिलाई पत्याउने कि तत्कालीन सेनापति क्षेत्रीले अमेरिकी राजदूतलाई लेखेको पत्रलाई पत्याउने भन्ने समस्या परेको छ। यसले नेपाली सेनाको विश्वासनीयतामाथि स्वदेशमा मात्र होइन विदेशमा पनि ठूलो प्रश्न उठाइदिएको छ।

आफ्नै सेनापतिले विदेशी मुलुकलाई लेखेको आधिकारिक पत्रबारे नेपाली सेना र त्यसको वर्तमान नेतृत्व जानकार नहुनु दुखदमात्र होइन लाजमर्नु विषय हो। संसारभरिको सेना संगठनात्मक सिद्धान्तका आधारमा चल्ने गर्छन् र सैनिक संगठनात्मक सिद्धान्तमा इन्स्टिच्युसनल मेमोरीले अत्यत्य ठूलो भूमिका खेलेको हुन्छ।

आफूभन्दा दुई कार्यकाल अघिका सेनापतिले विदेशी मुलुकलाई लेखेको पत्रबारे वर्तमान सेनापति वेखबर हुन्छन् भनेर कसरी पत्याउने? यदि वेखबर नै हो भने त्यो कसको कमजोरीले हो? सहज जवाफ आउँछ त्यो नेतृत्व क्षमताको कमजोरीले हुने हो? नेतृत्व क्षमतामा प्रश्न उठ्ने गरी सैनिक कुटनैतिक सम्बन्धजस्तो अत्यन्त सम्बेदनशील विषयमा हचुवा विज्ञप्ति नेपाली सेनाले प्रकाशित किन गरेको हो? त्यसबारे जनतालाई प्रष्ट जवाफ दिनु जरुरी छ।सेनाले निकालेको विज्ञप्तिलाई पत्याउने कि तत्कालीन सेनापति क्षेत्रीले अमेरिकी राजदूतलाई लेखेको पत्रलाई पत्याउने भन्ने समस्या परेको छ। यसले नेपाली सेनाको विश्वासनीयतामाथि स्वदेशमा मात्र होइन विदेशमा पनि ठूलो प्रश्न उठाइदिएको छ।

सैनिक नेतृत्व जतिसुकै निकम्मा भएको किन नहोस् अहिले पनि नेपाली सेनाप्रति नेपाली जनताको विश्वास बाँकी नै छ र त्यो इतिहासदेखि देखाएको वीरता र दुई ठूला छिमेकी मुलुकका सेनासहित अन्य सहयोगी मुलुकका सेनासँग गर्दै आएको कुटनैतिक पहलका कारण आर्जन भएको हो।

बुधबारको झूठो विज्ञप्तिले यो विश्वासमाथि प्रहार गरेको छ। यसरी आफ्नै इज्जतमाथि आफैं बन्चरो प्रहार गरेर मरणासन्न पार्ने काम अहिलेको सैनिक नेतृत्वले किन गरेको हो? यसको जवाफ जनतलाई दिनु जरुरी छ। बर्दी लगाएपछि मुलुकको जिम्मेवारी काँधमा हुन्छ। र, त्यो जनताप्रतिको दायित्वबोधले मात्र निर्वाह गर्न सकिन्छ।

एसपीसीबारे सेनाको विज्ञप्ति हचुवाका भरमा आउनु, आफ्नै पूर्वसेनापतिले औपचारिकरुपमा लेखेको पत्रलाई अनदेखा गर्नु र अहिलेको जमानमा त्यस्ता पत्रहरु गोप्य हुन्छन् हामीले जे भन्यो त्यो नेपाली जनतालाई पत्याइदिइहाल्छन भनेर सोच्नु र त्यहीअनुसार जनतलाई ढांट्नु नेतृत्वको असक्षताको पराकाष्ठा मात्र होइन बर्दीप्रतिको अपमान पनि हो।

देश, जनता, बर्दी र संगठनप्रतिको अपमान गर्ने अधिकार कसैलाई छैन। र, तत्काल यो झूठपूर्ण विज्ञप्तिको जवाफदेहिता नेपाली सेनाका सेनापति प्रभुराम शर्माले लिनुपर्छ र यसो गर्नुका कारणबारे जनतलाई स्पष्ट पार्नु पर्दछ।

एक उच्च सैनिक स्रोतका अनुसार, नेपालका दुई छिमेकी मुलुकहरु भारत र चीन दुबैतिरका सेना र राजनीतिक नेतृत्वमा एसपीसीमा सहभागिता नजनाउन पछिल्ला दिनहरुमा तीब्र दवाव दिइएका कारण नेपाली सेना अप्ठेरोमा परेको थियो। प्रधानमन्त्री पत्नी आरजु देउवा उपचारका बाहनमा गतहप्ता दिल्ली बोलाइएकी र उनलाई अमेरिकाकासँग नेपालको सैन्य सम्बन्ध तिब्रतररुपमा अघि बढेको भन्दै दवाव दिएको विषय सार्वजानिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button